
काठमाण्डौ : सोमबार बिहान राजधानीबाट नक्कली नोट छाप्ने उपकरणसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
गोकर्णेश्वर नगरपालिका-६ नयाँबस्तीबाट उपकरण र केही नक्कली नोटसहित तीन जनालाई महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा दोलखा मेलुङ्गा नगरपालिका-७ स्थायी घर भइ हाल गोकर्णेश्वर- ६ बस्ने २६ वर्षीय राजन परियार, ३५ वर्षीय सन्तोष नेपाली र २१ वर्षीय महेन्द्र नेपाली छन् ।
उनीहरूको साथबाट १ हजारको ३४ थान नक्कली नोट, पैसा बनाउने ठूलो कागज १४२ थान र सानो कागज १४९ थान बरामद भएको हो ।
निजहरुले आफू बस्ने गरेको घरमा उपकरण राखेर नक्कली नोट छाप्ने गरेको प्रारम्भिक अनुसन्धान बाट खुलेको छ ।
दसैंमा मात्र ४० हजार नक्कली नोट बजारमा पुर्याइसकेको खुलेको प्रहरीले जनाएको छ ।