सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राजधानीमा नक्कली नोट छाप्ने उपकरण सहित तीन जना पक्राउ

२०७६ कार्तिक ४, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ : सोमबार बिहान राजधानीबाट नक्कली नोट छाप्ने उपकरणसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

गोकर्णेश्वर नगरपालिका-६ नयाँबस्तीबाट उपकरण र केही नक्कली नोटसहित तीन जनालाई महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा दोलखा मेलुङ्गा नगरपालिका-७ स्थायी घर भइ हाल गोकर्णेश्वर- ६ बस्ने २६ वर्षीय राजन परियार, ३५ वर्षीय सन्तोष नेपाली र २१ वर्षीय महेन्द्र नेपाली छन् ।

उनीहरूको साथबाट १ हजारको ३४ थान नक्कली नोट, पैसा बनाउने ठूलो कागज १४२ थान र सानो कागज १४९ थान बरामद भएको हो ।

निजहरुले आफू बस्ने गरेको घरमा उपकरण राखेर नक्कली नोट छाप्ने गरेको प्रारम्भिक अनुसन्धान बाट खुलेको छ ।

दसैंमा मात्र ४० हजार नक्कली नोट बजारमा पुर्‍याइसकेको खुलेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पशुपालक महिलाको सम्मेलन काठमाडौँमा

चितवनमा याक चिज

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही स्थानमा हल्का वर्षा, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तापक्रम बढ्ने पूर्वानुमान

‘रेडपाण्डा’को अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’

सवारीसाधन कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

बेनीलाई कटान र बाढीबाट जोगाउन नदी नियन्त्रण योजना

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

पहिरोका कारण मध्यपहाडी लोकमार्गमा अवरुद्ध

विजयपुर खोला किनारमा तरबुजाखेती, भनेजस्तै आम्दानी

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

सुनकोशीको बेलिब्रिज झिकिएपछि समस्यामा स्थानीय