काठमाण्डौं : नम्बर २ प्रदेशको लोकसेवा आयोगले सोमबारदेखी २ नम्बर प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थको कार्यालयमा आयोजित शपथग्रहण कार्यक्रममा दुईजनाले सदस्य पदमा सपथ लिएपछि प्रदेश लोकसेवा आयोगले पूर्णता पाएको हो ।
लोकसेवा आयोगले राजपा नेपालका महोत्तरी एकडारा निवासी महारुद्र झा र नेकपाका सप्तरी जिल्ला राजविराज निवसी डा. सुजाता देवलाई सिफारिस गरेर नियुक्त गरिएको जनाएको छ ।
नियुक्त गरिएका दुवैजनालाई प्रदेश प्रमुख कायस्थले सोमबार सपथ खुवाएका छन् ।
यस भन्दा पहिले लोकसेवा अयोगको अध्यक्षमा समाजवादी पार्टीको तर्फबाट गरिएको थियो ।
