सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

प्रतिनिधिसभाः विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह र शान्ति सुरक्षालाई सुदृढ बनाउन माग

२०८३ असार २५, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २५ असारः प्रतिनिधिसभाका सांसदहरुले ग्रामीण क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह र शान्ति सुरक्षालाई सुदृढ बनाउन सरकार र सदनको ध्यानाकर्षण गराउनुभएको छ ।

सभाको आजको बैठकका आकस्मिक समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) नितिमा भण्डारीले सर्लाहीको लालबन्दी नगरपालिका वडा नं ९ बाट वडा नं ७ तर्फ जाँदै गरेका मोबाइल व्यवसायी नवराज सापकोटालाई बुधबार राति तीन जनाको समूहको हमला गरी लुटपाट गर्ने उद्देश्यले चार ‘राउण्ड’ गोली चलाएको जानकारी गराउँदै जिल्लामा शान्ति सुरक्षाको प्रत्याभूति गराउन गृहप्रशासनको ध्यानाकर्षण गराउनुभयो ।

नेपाली कांग्रेसका मोहम्मद फिरदोश आलमले रौतहटको राजपुर नगरपालिकाअन्तर्गत हुलाकी राजमार्गको पुलमुनि आज बिहान एक महिलाको शव फेला परेको जानकारी गराउँदै सो घटनाको निष्पक्ष छानबिन गर्दै दोषीलाई कडा कारबाही गर्न माग गर्नुभयो ।

रास्वपाका शिवशङ्कर यादवले सिरहामा सुविधासम्पन्न ‘बर्थिङ सेन्टर’ नहुँदा मातृशिशु मृत्युदर बढ्दै गएको उल्लेख गर्दै धनगढीमाई नगरपालिकामा रहेको महेन्द्र गेनाइ अस्पतालमा रहेको बर्थिङ सेन्टर तत्काल सञ्चालनमा ल्याउनमा माग गर्नुभयो ।

नेपाली कम्युनिष्ट पार्टीका रमेश मल्लले सल्यानको सल्ल्यान अस्पतालमा विशेषज्ञ चिकित्सको अभावमा स्वास्थ्य सेवा प्रभावित भइरहेकाबारे आफूले पटकपटक ध्यानाकर्षण गराएको उल्लेख गर्दै अहिलेसम्म सो समस्याको समाधान नहुँदा नागरिकलाई सर्वसुलभ विशेषज्ञ सेवा उपलब्ध गराउने सरकारको नीति ओझेलमा परेको बताउनुभयो ।

कांग्रेसका प्रकाशसिंह कार्कीले सोलुखुम्बु लिखुपिके गाउँपालिका र रामेछापको उमाकुण्ड गाउँपालिकाको सीमा भएर बग्ने लिखुखोलामा ‘एमबी दुगड’ समूहद्वारा निर्माणाधीन जलविद्युत् आयोजनाले सम्झौताअनुसार सामाजिक उत्तरदायित्व पूरा नगरेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव

विकास–निर्माण थाल्नुअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा सभामुखको जोड

सभामुख अर्याल र अध्यक्ष याङ्गबीच शिष्टचार भेट

सभामुख अर्यालसंग फ्रान्स–नेपाल संसदीय समूहका अध्यक्ष पिरोनको शिष्टाचार भेट

अध्यक्ष दाहालसँग फ्रान्स–नेपाल संसदीयमैत्री सामूहिक भेट

विकासका लागि साझा संवाद गरौँ: सभामुख अर्याल

सबै नागरिकले सुरक्षित महसुस गर्ने राज्य निर्माण गर्नु आजको आवश्यकता : सभामुख अर्याल

छठले सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता बलियो बनाओस् : सभामुख अर्याल

मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान

मधेस प्रदेशसभाको बैठक कात्तिक २८ गते आह्वान

नेपाल संवत् सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख अर्याल

नेपाल संवत् सम्पूर्ण नेपालीको साझा सम्पदा होः सभामुख अर्याल