सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

राष्ट्रिय सेवा दल विधेयकमाथि विचार गरियोस् प्रस्ताव स्वीकृत

२०८३ असार २६, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २६ असार : प्रतिनिधिसभाले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठक प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राख्नुभएको उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो ।

छलफलमा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले मुलुकको सैन्यकरण गर्न यो विधेयक नआएको स्पष्ट पार्नुभयो । उहाँले विद्यार्थीलाई दिइने यो तालिमका रुपमा २०२२ सालदेखि सुरु भएको बताउनुभयो । पछि २०२७ सालमा यससम्बन्धी आएको ऐनलाई समयसापेक्ष बनाउन यो विधेयक ल्याइएको मन्त्री गौतमले बताउनुभयो । उहाँले विद्यार्थीमा राष्ट्रभक्तिको भावना जोड्ने विधेयकको उद्देश्य रहेको बताउनुभयो ।

यसअघि उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरु विक्रमसिंह थापा, प्रकाश पाठक, राजीव खत्री, जनकसिंह धामी, परशुराम तामाङ, नरेन्द्रकुमार केरुङ, सुशील खड्का, भरतप्रसाद पराजुली, कृपाराम राना, प्रदीप विष्ट, शम्भुप्रसाद ढकाल, लिमा अधिकारी आचार्य, गोपाल शर्मा, गणेशबहादुर विश्वकर्मा, नितिमा भण्डारी कार्की, ओजश्वी शेरचन,  लालविक्रम थापा, कृष्णहरि बुढाथोकी, निनुकुमारी कर्र्ण, शुलभ खरेल, हरिप्रसाद भुसाल, साजिदा खातुन सिद्धिकी, रन्जु न्यौपाने, बलावती शर्मा, बदनकुमार भण्डारी, गङ्गालक्ष्मी अवाल, गोविन्द पन्थीले आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।

बैठकमा यसअघि मन्त्री गौतमले प्रधानमन्त्री शाहको तर्फबाट आर्थिक वर्ष २०८१÷८२ का निर्वाचन आयोगको १९औँ वार्षिक प्रतिवेदन, राष्ट्रिय सुरक्षा परिषद्को आठौँ वार्षिक प्रतिवेदन र राष्ट्रिय महिला आयोगको १८औँ वार्षिक प्रतिवेदन पेस गर्नुभएको थियो ।

प्रतिनिधिसभाको अर्काे बैठकमा यही असार ३० गते बिहान ११ः०० बजे बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव

विकास–निर्माण थाल्नुअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा सभामुखको जोड

सभामुख अर्याल र अध्यक्ष याङ्गबीच शिष्टचार भेट

सभामुख अर्यालसंग फ्रान्स–नेपाल संसदीय समूहका अध्यक्ष पिरोनको शिष्टाचार भेट

अध्यक्ष दाहालसँग फ्रान्स–नेपाल संसदीयमैत्री सामूहिक भेट

विकासका लागि साझा संवाद गरौँ: सभामुख अर्याल

सबै नागरिकले सुरक्षित महसुस गर्ने राज्य निर्माण गर्नु आजको आवश्यकता : सभामुख अर्याल

छठले सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता बलियो बनाओस् : सभामुख अर्याल

मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान

मधेस प्रदेशसभाको बैठक कात्तिक २८ गते आह्वान

नेपाल संवत् सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख अर्याल

नेपाल संवत् सम्पूर्ण नेपालीको साझा सम्पदा होः सभामुख अर्याल