सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

युवा ऐनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि छलफल

२०८३ श्रावण १, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, साउन १ गते । युवा, श्रम तथा रोजगार मन्त्रालयमा ‘युवा ऐनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’माथि आज छलफल भएको छ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा गरिएको छलफलमा राष्ट्रिय युवा परिषद्, नेपाल युथ क्लब, युवा वकालत नेपाललगायत युवाको क्षेत्रमा काम गर्ने सङ्घसंस्थाका प्रतिनिधिको उपस्थिति थियो ।

मन्त्री यादवले युवाहरूका क्षेत्रमा यसअघि भएका प्रभावकारी कामलाई मध्यनजर गर्दै विगतमा नेपालले गरेका सकारात्मक विषयलाई विधेयकमा सम्बोधन गरिने बताए । उनका अनुसार युवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई निर्माण गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न छलफल सुरु गरेको हो ।

छलफलमा मन्त्रालयका सचिव दीपक काफ्ले, पूर्वसचिव रामप्रसाद थपलिया, मन्त्रालयका सहसचिवहरू बाबुराम भण्डारी, मनिता श्रेष्ठ, वैदेशिक रोजगार बोर्डका सहसचिव चन्द्रबहादुर शिवाकोटी, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक दीपेश घिमिरे, नेपाल कानुन आयोगका उपसचिव जलेश्वर रामलगायत व्यक्तित्वको उपस्थिति थियो ।

छलफलमा सहभागीहरूले युवाले विभिन्न क्षेत्रमा गरेका कामको मूल्याङ्कन गर्दै सम्मानजनक उपस्थितिका लागि ऐनमा ती विषय समेटिनुपर्ने, अन्य देशहरूले युवाको क्षेत्रमा गरेका सकारात्मक कदमलाई पनि समेट्नुपर्ने सुझाव राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव

विकास–निर्माण थाल्नुअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा सभामुखको जोड

सभामुख अर्याल र अध्यक्ष याङ्गबीच शिष्टचार भेट

सभामुख अर्यालसंग फ्रान्स–नेपाल संसदीय समूहका अध्यक्ष पिरोनको शिष्टाचार भेट

अध्यक्ष दाहालसँग फ्रान्स–नेपाल संसदीयमैत्री सामूहिक भेट

विकासका लागि साझा संवाद गरौँ: सभामुख अर्याल

सबै नागरिकले सुरक्षित महसुस गर्ने राज्य निर्माण गर्नु आजको आवश्यकता : सभामुख अर्याल

छठले सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता बलियो बनाओस् : सभामुख अर्याल

मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान

मधेस प्रदेशसभाको बैठक कात्तिक २८ गते आह्वान

नेपाल संवत् सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख अर्याल

नेपाल संवत् सम्पूर्ण नेपालीको साझा सम्पदा होः सभामुख अर्याल