सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

भुटनदेवी माध्यामिक विद्यालयका छात्रछात्रालाई छात्रवृत्ति प्रदान

२०८३ श्रावण १४, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बागमती, १४ साउनः हेटौँडास्थित भुटनदेवी माध्यामिक विद्यालयका पूर्वविद्यार्थीहरूको संस्था भुटनदेवी हाई स्कुलमैत्री समूह–२०३१ ले गुरुपूर्णिमाको अवसर विद्यालयका कक्षा ८ मा उत्कृष्ट छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरेको छ ।

समूहका तर्फबाट विद्यालयमा कक्षा ८ मा उत्कृष्ट हुने एक÷एक जना छात्रछात्रालाई वार्षिक रुपमा रु १०÷१० हजार नगद छात्रवृत्ति प्रदान गरिँदै आएको सचिव प्रमेन्द्र महर्जनले जानकारी दिनुभयो ।

विगत पाँच वर्षयता गुरुपूर्णिमाको अवसरमा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको जनाउँदै उहाँले यस वर्ष छात्रातर्फ सरगम चौलागाइँ र छात्रतर्फ खुश्बु वालु शाहलाई छात्रवृत्ति प्रदान गरिएको जानकारी दिनुभयो ।

छात्रछात्रालाई समूहका अध्यक्ष लवनाथ रिजाल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं हेटौँडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलले छात्रवृत्ति प्रदान गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका तत्कालीन शिक्षक उद्धव खतिवडालाई सम्मान गरिएको थियो ।

समूहका अध्यक्ष रिजालको सभापत्विमा भएको कार्यक्रममा वडाध्यक्ष सिग्देल, वडा नं २ का वडाध्यक्ष एवं भुटनदेवी अल्मुनाई एसोसिएसनका अध्यक्ष विष्णुगोपाल महर्जन, समाजसेवी गणेशकुमार श्रेष्ठ, विद्यालयका प्राचार्य सूर्यप्रसाद घिमिरे, अर्जुन हुमागाइँलगायतले गुरुपूर्णिमाको महत्वसँगै भुटनदेवी माविको शैक्षिक योगदानलगायतका विषयमा बोल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

उपल्लो मुस्ताङका ३६५ विद्यार्थी जाडो छल्न बेसी झारिए

सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रिय ह्याकाथन प्रतियोगिता सुरु

फोहरलाई स्रोतका रूपमा उपयोग गर्न प्रेरित गर्दै ‘आरयू फेस्ट’

विकेन्द्रीकरण विस्तारको तयारीमा त्रिवि

त्रिविले खुलायो M.Ed. र MSSEd विद्यार्थीलाई परीक्षा केन्द्र रोज्ने सुविधा

प्रवासीको सहयोगमा विद्यालय भवन निर्माण

विद्यालयका निम्ति जग्गा खरिद गर्न देउसीभैलोबाट जुट्यो नौ लाख

चिनियाँ दूतावासले बलान बिहुलमा शैक्षिक तथा स्वास्थ्य सामग्री सहयोग

अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान

टर्कीका शिक्षामन्त्रीसँगै मन्त्री पोखरेलको विद्यालय अवलोकन : बालमैत्री र हरित शिक्षाका अभ्यासबारे चासो

जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौँ: शिक्षामन्त्री पोखरेल

निधि भवन राजर्षी जनक विश्वविद्यालयलाई हस्तान्तरण