
काठमाण्डौ : भड्किलो गीत मार्फत चौतर्फी आलोचित बनेका गायक दुर्गेश थापा रिहा भएका छन्।
मंगलबार मध्याह्न काठमाडौंबाट पक्राउ परेका थापालाई उक्त गीत हटाउने सर्तमा अपरान्ह रिहा गरिएको अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिएका छ्न ।
निषेधित लागुऔषध गाँजा प्रयोग गर्न दुरुत्साहन गर्ने तिहार सम्बन्धि गीतबाट समाजमा गलत सन्देश दिइएकोले निजलाई अनुसन्धानको लागि पक्राउ गरि युट्यूवबाट सो गित हटाएपछि थापालाई छाडिएको प्रहरीले बताए।
कानुन विपरित सामाजिक मूल्य-मान्यता आँच आएको भन्दै गीतकाे चर्काे आलोचना बढेपछी उनी पक्राउ परेका हुन् ।