सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

कोलकातामा भानुका दुई सालिक र ‘भानुभक्त सडक’ नामकरण

२०८३ श्रावण १५, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, १५ साउनः नेपाली जनकल्याण समिति, हावडाले यस वर्षको २१३औँ आदिकवि भानुभक्त आचार्य जयन्ती भारतको कोलकातामा सम्पन्न गरेको छ ।

पश्चिम बङ्गाल राज्यको हावडा मैदानमा आयोजित समारोहमा कविता वाचन, समितिको वार्षिक साहित्यिक पत्रिका ‘बिहानी’को भानुजयन्ती विशेषाङ्क–२०२६ को विमोचन, प्रतिष्ठित व्यक्तित्वलाई सम्मान र नेपाली–बङ्गाली सांस्कृतिक कार्यक्रम पनि सम्पन्न भयो ।

सो अवसरमा साहित्यकार÷पत्रकार श्याम रिमाल (काठमाडौँ), लीला अनमोल (झापा) र रण काफ्ले (असम, भारत)ले प्रवास र कोलकाता विषय समेटेर लेखिएको कविता वाचन गर्नुभयो ।

भानु प्रतिष्ठानका अध्यक्ष डिपी अर्याल र अन्तरराष्ट्रिय मैत्री समाजका अध्यक्ष प्रदीप खनाललाई धार्मिक समन्वय प्रवर्द्धन गर्न योगदान दिएबापत सम्मान गरिएको थियो ।

कार्यक्रममा कोलकातास्थित नेपाली महावाणिज्यदूत झक्कप्रसाद आचार्यले त्यहाँ रहेका सबै नेपालीलाई एकजुट हुन र भानुजयन्तीजस्ता कार्यक्रम संयुक्त रूपमा मनाउन आग्रह गर्नुभयो ।

प्रवासी नेपाली सङ्घ भारत (पश्चिम बङ्गाल, झारखण्ड संयुक्त राज्य समिति)का अध्यक्ष नारायणप्रसाद होमगाईँले कोलकातावासी प्रवासी नेपालीले विभिन्न धार्मिक–सांस्कृतिक तथा अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलनमार्फत दिएको योगदानबारे प्रकाश पार्नुभयो ।

त्यहाँको शिवपुर दीनबन्धु इन्स्टिच्युसन कलेज हावडा, हिन्दी विभागाध्यक्ष डा सत्यप्रकाश तिवारीले आफूले सबै नेपालीलाई जातीय रूपले एकीकृत गर्ने आदिकविबारे अनुसन्धान गर्न चाहेको जानकारी दिनुभयो ।

समितिका प्रमुख सल्लाहकार धर्मराज बराल र प्रतिष्ठानका अध्यक्ष अर्यालले नेपालीलाई आफू जहाँ रहे पनि आफ्नो नेपाली र अन्य मातृभाषा, साहित्य, कला, संस्कृति प्रचारप्रसार, प्रवर्द्धन र पुस्तान्तरण गर्न आग्रह गर्नुभयो ।

कोलकाताका समाजसेवी तथा व्यवसायी सुशीलकुमार चौधरीले नतुनहाट, विवेकानन्द पार्कमा करिब ५० लाख लागतमा निर्माणाधीन पशुपतिनाथ मन्दिरको आगामी शिवरात्रिमा प्राणप्रतिष्ठा गरिने जानकारी दिनुभयो ।

त्यस अवसरमा प्रवासी नेपालीले २६ वर्षदेखि कोलकातामा भानुजयन्ती मनाउँदै आएको जानकारी दिइयो । महावाणिज्य दूतावास र ‘तुलसीदास और भानुभक्तः सामाजिक और सांस्कृतिक परिदृश्य’ (सन् २०१२)का लेखक सहप्राध्यापक डा तिवारीले नेपाली प्रतिनिधिमण्डलका सम्मानमा स्वागत समारोह आयोजना गर्नुभएको थियो ।

कोलकातामा नेपालीहरूका पहलमा आदिकवि आचार्यका दुई सालिक स्थापना गरिनाका साथै उनका नाममा भानुभक्त सरिणी (सडक)को नामकरण पनि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन