
काठमाण्डौ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन अधिकृत सहित १३ विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमनमा कार्यरत अधिकृत कमलप्रसाद पराजुलीसहित १३ जनाविरुद्ध अख्तियारले मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
भ्रष्टाचारमा संलग्न ब्यक्तीहरुले २ सय ४८ जनालाई मिलेमतोमा प्रस्थान पास दिँदा उनीहरूले २४ लाख ८० हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले ठहर गरेको छ ।
अध्यागमन अधिकृत पराजुली, मनहरी बराल, दिनेश केएम, तोरण पराजुली, चक्रबहादुर श्रेष्ठ, मनोजकुमार पोखरेल, जगदिशचन्द्र नेपाली, बिजय सापकोटा, शैलेन्द्र ढकाल, बिरसिं भण्डारी, पदमप्रसाद बजगाईँ, कम्प्युटर अपरेटरहरु रोशन गौतम र भोजप्रकाश न्यौपानेविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ ।
अनुसन्धान पश्चात उनीहरूले भ्रष्टाचार गरेको पुष्टि भएपछि अख्तियारले मंगलबार उनीहरू विरुद्ध मुद्दा दायरसंगै उनीहरूसँग २४ लाख ८० हजारको रकम बिगो दाबी गरिएको प्रहरीले जनाएको छ ।