सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अध्यागमनका १३ कर्मचारी विरुद्ध बिशेष अदालतमा भ्रष्टाचार मुद्दा

२०७६ कार्तिक ५, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन अधिकृत सहित १३ विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमनमा कार्यरत अधिकृत कमलप्रसाद पराजुलीसहित १३ जनाविरुद्ध अख्तियारले मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

भ्रष्टाचारमा संलग्न ब्यक्तीहरुले २ सय ४८ जनालाई मिलेमतोमा प्रस्थान पास दिँदा उनीहरूले २४ लाख ८० हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले ठहर गरेको छ ।

अध्यागमन अधिकृत पराजुली, मनहरी बराल, दिनेश केएम, तोरण पराजुली, चक्रबहादुर श्रेष्ठ, मनोजकुमार पोखरेल, जगदिशचन्द्र नेपाली, बिजय सापकोटा, शैलेन्द्र ढकाल, बिरसिं भण्डारी, पदमप्रसाद बजगाईँ, कम्प्युटर अपरेटरहरु रोशन गौतम र भोजप्रकाश न्यौपानेविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ ।

अनुसन्धान पश्चात उनीहरूले भ्रष्टाचार गरेको पुष्टि भएपछि अख्तियारले मंगलबार उनीहरू विरुद्ध मुद्दा दायरसंगै उनीहरूसँग २४ लाख ८० हजारको रकम बिगो दाबी गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

अन्तरराष्ट्रिय परिवार दिवस आज मनाइँदै

पूर्वगृहमन्त्री गुरुङका सम्बन्धमा छानविन गर्न समिति गठन

राष्ट्रियसभाः विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत

लगानीकर्तामा आत्मविश्वासको कमीले अपेक्षाकृत कर्जा प्रवाह भएनः सिबिफिन

सांसदहरुबाट प्राप्त सुझाव सरकारका लागि मार्गदर्शन हुनेछः अर्थमन्त्री वाग्ले

पुँजीगत खर्चको एक प्रतिशत ‘अनुसन्धान र विकास’मा छुट्याउन आग्रह

‘संविधान कार्यान्वयन, सङ्घीयता सवलीकरण र नागरिकमैत्री शासन सरकारको प्राथमिकता हुनुपर्छ’

नीति तथा कार्यक्रममा कृषिको व्यावसायिकीकरण, पर्यटन प्रवद्र्धन र रोजगारी वृद्धिका विषय समावेश गर्न आग्रह

मधेसमा पोषण सुधार हुनुपर्नेमा सभामुख यादवको जोड

विद्युत् नियमन आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै

सभामुखसमक्ष प्रतिनिधिसभा सचिवको शपथ