सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

साहित्यकार शाहीको ‘आमा र आँसु’ कथासङ्ग्रह लोकार्पण

२०८३ श्रावण १७, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

कर्णाली, १७ साउनः साहित्यकार वसन्ती शाहीद्वारा लिखित कथासङ्ग्रह ‘आमा र आँसु’ तथा कविता सङ्ग्रह ‘यादका थुङ्गाहरू’ लोकार्पण गरिएको छ ।

फ्युचर नेपालद्वारा आज सुर्खेत वीरन्द्रनगरमा आयोजित लोकार्पण समारोहमा कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कथा तथा कविता सङ्ग्रह लोकार्पण गर्नुभएको हो । लोकार्पण समारोहमा प्रदेश प्रमुख जोशीले कर्णालीको दुवै कृतिले कर्णालीको यथार्थ चित्रण गरेको बताउनुभयो । मुलतः कर्णाली र सुदूरपश्चिम दुवै प्रदेशका महिलाहरूको वास्तविक पीडा, वेदना र भोगाइलाई यथार्थवादी तवरले कृतिमा उल्लेख गरिएको उहाँले उल्लेख गर्नुभयो ।

प्रदेश प्रमुख जोशीले भन्नुभयो, “विशेषगरी कर्णालीको समसामयिक विषय, कुरीति, कुसंस्कार, कुप्रथा, विकृति, विसङ्गति सङ्ग्रहमा समेटिएको छ । साहित्यकार शाहीले कर्णालीका महिलाका पीडा र विकासलाई कृतिका माध्यमबाट सन्देश दिन खोज्नुभएको छ ।”

समारोहमा पूर्वप्रहरी नायब महानिरीक्षक महेशविक्रम शाह, डा नवराज केसी, डा महेन्द्रकुमार मल्ल र पत्रकार ज्योति कटुवालले कथा तथा कविता सङ्ग्रहका साथै साहित्यकार शाहीले लेखकीय क्षेत्रबाट खेल्नुभएको भूमिका बारेमा टिप्पणी गर्नुभयो । टिप्पणीकर्ताहरूले दुवै कृति निकै सरल, सहज, सामान्य भाषाशैलीमा कृति सिर्जता गर्न साहित्यकार शाही सफल भएको बताउनुभयो । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुरले कर्णालीमा साहित्य रचना गर्ने सीमित महिलामध्ये शाही एक भएको बताउनुभयो ।

समारोहमा साहित्यकार शाहीले आफ्नो भोगाइ र सिकाइबारे जानकारी दिँदै हुम्लाकी महिलाले भोगेको पीडा आफूले पनि भोगेको बताउनुभयो । लोकसेवा आयोग कर्णाली प्रदेश सुर्खेतको कार्यवाहक अध्यक्षसमेत रहनुभएकी कथाकार शाहीले कर्णालीकी बुहारी, समय सकस गैर आख्यान लेखिसक्नुभएको छ । साहित्यकार शाहीको ‘आमा र आँसु’ कथा सङ्ग्रहमा १४ वटा कथा समेटिएका छन् भने तथा ‘यादका थुङ्गाहरू’ कविता सङ्ग्रहमा ८२ वटा कविता समेटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन