सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

दुई दशकमा एक हजार पाँच सय योग शिक्षक

२०८३ श्रावण २०, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बागमती, २० साउनः पतञ्जली योग समिति, मकवानपुरले दुई दशकको अन्तरालमा एक हजार ५०० योग शिक्षक तयार गरेको छ ।

योगका माध्यमबाट स्वास्थ्य प्रवर्द्धन, चरित्र निर्माण र आरोग्यतासँगै राष्ट्र निर्माणमा योगदान गर्ने उद्देश्यले योग शिक्षक तयार पारिएको पतञ्जली योग समितिका अध्यक्ष रामकृष्ण थापाले जानकारी दिनुभयो ।

पतञ्जली योग समितिको स्थापना २०६४ साल साउन ४ गते भएको हो । जिल्लामा महिला पतञ्जली योग समिति र पतञ्जली योग युवा समितिसमेत क्रियाशील छन् । योगगुरुले विभिन्न स्थानमा पुगी योग साधनाका बारेमा प्रशिक्षण दिने व्यवस्था छ ।

“जिल्लामा योग साधनाप्रति आकर्षण बढ्दो क्रममा छ”, थापाले भन्नुभयो, “वार्षिक कार्यक्रमका साथ समय समयमा बृहत् योग शिविर, मझौला योग शिविरका साथै साना योग शिविर पनि सञ्चालन गरिरहेका छौँ ।”

जिल्लाका ४६ ठाउँमा योग साधना केन्द्र छन् । हाल ३५ स्थानमा सक्रियतापूर्वक नियमित योग साधना सञ्चालन भइरहेको छ । साधनामा युवालाई थप आकर्षण गर्न सकिएको छैन । जिल्लाका सात स्थानमा बाल संस्कार सेवा कार्यक्रम सञ्चालन भएको छ ।

योग साधनामा सहयोग गर्ने सहयोग शिक्षकका लागि हेटौँडा उपमहानगरपालिका वडा नं ५ स्थित वडा कार्यालय भवन र हेटौँडा–६ स्थित शुभम् पार्टी प्यालेसमा १५ दिने सहयोग शिक्षक तालिम पनि सञ्चालन भइरहेको छ ।

योग साधना कार्यक्रमलाई प्रभावकारी सञ्चालन गर्न हेटौँडा उपमहानगरपालिका तथा वडा कार्यालयले विभिन्न सहयोग पुर्याउँदै आएको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रिय ह्याकाथन प्रतियोगिता सुरु

फोहरलाई स्रोतका रूपमा उपयोग गर्न प्रेरित गर्दै ‘आरयू फेस्ट’

विकेन्द्रीकरण विस्तारको तयारीमा त्रिवि

त्रिविले खुलायो M.Ed. र MSSEd विद्यार्थीलाई परीक्षा केन्द्र रोज्ने सुविधा

प्रवासीको सहयोगमा विद्यालय भवन निर्माण

विद्यालयका निम्ति जग्गा खरिद गर्न देउसीभैलोबाट जुट्यो नौ लाख

चिनियाँ दूतावासले बलान बिहुलमा शैक्षिक तथा स्वास्थ्य सामग्री सहयोग

अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान

टर्कीका शिक्षामन्त्रीसँगै मन्त्री पोखरेलको विद्यालय अवलोकन : बालमैत्री र हरित शिक्षाका अभ्यासबारे चासो

जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौँ: शिक्षामन्त्री पोखरेल

निधि भवन राजर्षी जनक विश्वविद्यालयलाई हस्तान्तरण

गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्दै विद्यार्थी