सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सांसद देवेन्द्रराज कँडेल भारतीय नागरिक रहेको खुलाशा

२०७६ कार्तिक ५, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पूर्वगृहराज्यमन्त्री तथा प्रत्यक्ष निर्वाचित सांसद देवेन्द्रराज कँडेल भारतको उत्तरप्रदेश गोरखपुर निवासी भएको खुलासा भएको छ ।

कँडेलले भारतको एक कलेजको व्यवस्थापन समितिका अध्यक्षको रूपमा भारतीय नागरिककै रूपमा शपथ खाएको प्रमाण फेला परेको हो । यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा नेपाल प्रहरीको सिआइबीले अनुसन्धान गरिरहेको बताइएको छ ।

कँडेलले भारतको उत्तरप्रदेश, महाराजगन्जको ठुठीबारी स्थित राधादेवी इन्टरकलेज व्यवस्थापन समितिको अध्यक्षका लागि चुनावमा प्रतिष्पर्धा गरेको पुष्टी भइसकेको छ  ।

उनले सन् २०१६ मा भएको व्यवस्थापन समितिको चुनावमा पराजीत भएपनि गत वर्ष भएको चुनावमा सोही पदमा निर्वाचित भएका थिए । निर्वाचनमा बिजय भएलगतै सांसद कँडेल हिन्दी भाषामा मात्र शपथ खाएका थिएभने आफूले दिएको विवरण गलत भए भारतको संविधान बमोजिम कारबाही भोग्न तयार रहेको समेत शपथमा घोषणा गरेका थिए  । कँडेलले भारतीय नागरिकका रूपमा भारतीय कानुन अनुसार शपथ खाएको प्रमाण हरियाली अनलाइनले फेला पारेको छ ।

यदि पूर्व गृहराज्यमन्त्री तथा सांसद देवेन्द्रराज कँडेलले दोहोरो नागरिकता लिएको पुष्टी भएमा नेपाल सरकारले नागरिकता खारेज गर्न सक्ने र न्यूनतम पाँच वर्षसम्म कैद र नेपालमा उनको नाममा रहेको सबै सम्पति जफत हुने तथा सांसद पदसमेत खारेज हुने कानुनी प्रावधान रहेको बताइएको छ ।

भारतमा पनि सांसद कँडेलले दोहोरो नागरिकता लिएको विषयमा छानबिन भइरहेको बताइएको छ । यदी भारतीय कानुन अनुसार कुनै पनि प्रतिष्ठानमा गैरभारतीय नागरिकले पदाधिकारीमा बस्न नपाउने कानुनी प्रावधान रहेको छ ।

नेपलको नागिरकता ऐनमा कुनै विदेशीले नेपाली नागरिक भएको दाबी गरी झूटो विवरण दिई नेपाली नागरिकता प्राप्त गरेमा एक वर्षदेखि पाँच वर्षसम्म कैद वा पचास हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाँय हुने ब्यवस्था रहेको छ ।

यदि झूटो विवरण पेश गरी नेपाली नागरिकता प्राप्त गरेबापत यस उपदफा बमोजिम सजाँयको भागिदार भएमा त्यसरी प्राप्त गरेको नागरिकता स्वतः रद्द हुने प्रावधान रहेको छ ।

यसैगरी कुनै विदेशीलाई झूटो विवरणका आधारमा नागरिकता दिलाउने कार्यमा सनाखत वा सिफारिस गर्ने व्यक्तिलाई ६ महिनादेखि तीन वर्षसम्म कैद वा २५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पूर्वगृहमन्त्री गुरुङका सम्बन्धमा छानविन गर्न समिति गठन

राष्ट्रियसभाः विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत

लगानीकर्तामा आत्मविश्वासको कमीले अपेक्षाकृत कर्जा प्रवाह भएनः सिबिफिन

सांसदहरुबाट प्राप्त सुझाव सरकारका लागि मार्गदर्शन हुनेछः अर्थमन्त्री वाग्ले

पुँजीगत खर्चको एक प्रतिशत ‘अनुसन्धान र विकास’मा छुट्याउन आग्रह

‘संविधान कार्यान्वयन, सङ्घीयता सवलीकरण र नागरिकमैत्री शासन सरकारको प्राथमिकता हुनुपर्छ’

नीति तथा कार्यक्रममा कृषिको व्यावसायिकीकरण, पर्यटन प्रवद्र्धन र रोजगारी वृद्धिका विषय समावेश गर्न आग्रह

मधेसमा पोषण सुधार हुनुपर्नेमा सभामुख यादवको जोड

विद्युत् नियमन आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै

सभामुखसमक्ष प्रतिनिधिसभा सचिवको शपथ

आगलागी, सर्पदंश र किसानका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड