काठमाण्डौं । प्रधानमन्त्री वालेन्द्र शाह र सभामुख डोलप्रसाद अर्यालबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार मध्याह्न प्रधानमन्त्री शाह र सभामुख अर्यालबीच आधा घण्टा छलफल भएको हो। प्रधानमन्त्री शाहलाई भेट्न सभामुख अर्याल मंगलबार मध्यान्ह १२:२० बजे प्रधानमन्त्रीको कार्यालय पुगेका थिए।
उनीहरुबीच मध्याह्न १२:५५ बजेसम्म भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। उनीहरूबीच संघीय संसदको चालू अधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
