सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

सीमासम्बन्धी अभिव्यक्ति अभिलेखबाट हटाउन आग्रह

२०८३ श्रावण २६, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २६ साउनः सांसदहरूले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति सच्याउन तथा संसद्को अभिलेखबाट हटाउन आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरूले आआफ्नो आसनबाट उठेर विरोध जनाएपछि सभामुखले दलीय आधारमा बोल्न समय दिनुभएको थियो ।

सांसदहरूले गत जेठ १७ गते प्रधानमन्त्रीले संसद्मा दिनुभएको सीमासम्बन्धी अभिव्यक्तिबारे हालसम्म स्पष्ट जवाफ नआएको भन्दै सच्याउन आग्रह गर्नुभयो । उहाँहरूले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति तत्काल फिर्ता लिन र संसद्को अभिलेखबाट हटाउन उहाँले सभामुखसमक्ष आग्रह गर्दै आउनुभएको छ ।

नेपाली कांग्रेसका सांसद भरतकुमार स्वारले प्रधानमन्त्री शाले नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति सच्याउनुपर्ने भन्दै प्रधानमन्त्रीलाई सदनमा उपस्थितिका लागि सभामुखको ध्यानार्कषण गराउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद चन्देश्वर मण्डलले सुनसरी र सिरहामा भएका घटनामा गोली चलाउनुपर्ने अवस्था नरहेको बताउँदै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्नुभयो ।

सांसद मण्डलले प्रधानमन्त्री संसद्प्रति उत्तरदायी नभएको आरोप लगाउँदै दुई तिहाइको सरकारले महँगी, कृत्रिम अभाव, सुकुमवासीको समस्या, राहदानी तथा विद्युत् शुल्कलगायत विषयमा प्रभावकारी समाधान दिनुपर्ने बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद भरत गिरीले लिपुलेक तथा सीमा विवादबारे सरकारको स्पष्ट दृष्टिकोण सदनसमक्ष प्रस्तुत गर्न र समस्या समाधानका लागि ठोस मार्गचित्र ल्याउन माग गर्नुभयो ।

नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले प्रधानमन्त्रीले संसद्को गरिमा र सांसदहरूको मागलाई बेवास्ता गरेको आरोप लगाउँदै सीमा सम्बन्धी अभिव्यक्ति सच्याउन माग गर्नुभयो ।

श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राईले प्रधानमन्त्रीले नैतिक तथा पदीय जिम्मेवारी बहन गर्दै सदनमा उपस्थित भएर जवाफ दिनुपर्ने बताउनुभयो ।

सोही क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद इन्दिरा रानामगरले सांसद राईले आफ्नो अभिव्यक्तिमा प्रयोग गर्नुभएको ‘कोर्रा’ जस्तो शब्दप्रति आपत्ति जनाउँदै उक्त शब्द संसद्को अभिलेखबाट हटाउन माग गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव

विकास–निर्माण थाल्नुअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा सभामुखको जोड

सभामुख अर्याल र अध्यक्ष याङ्गबीच शिष्टचार भेट

सभामुख अर्यालसंग फ्रान्स–नेपाल संसदीय समूहका अध्यक्ष पिरोनको शिष्टाचार भेट

अध्यक्ष दाहालसँग फ्रान्स–नेपाल संसदीयमैत्री सामूहिक भेट

विकासका लागि साझा संवाद गरौँ: सभामुख अर्याल

सबै नागरिकले सुरक्षित महसुस गर्ने राज्य निर्माण गर्नु आजको आवश्यकता : सभामुख अर्याल

छठले सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता बलियो बनाओस् : सभामुख अर्याल

मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान

मधेस प्रदेशसभाको बैठक कात्तिक २८ गते आह्वान

नेपाल संवत् सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख अर्याल

नेपाल संवत् सम्पूर्ण नेपालीको साझा सम्पदा होः सभामुख अर्याल