सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

‘शब्दशास्त्रविज्ञानम्’ पुस्तक सार्वजनिक

२०८३ श्रावण २९, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २९ साउनः नेपाल संस्कृत विश्वविद्यालयका सहप्राध्यापक डा प्रकाश तिवारीको पुस्तक ‘शब्दशास्त्रविज्ञानम्’ सार्वजनिक भएको छ । वाल्मीकि विद्यापीठमा आज आयोजित कार्यक्रममा सन्त समाजका अध्यक्ष श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीले पुस्तक लोकार्पण गर्नुभएको हो ।

विश्वविद्यालयको नव्यव्याकरण विषय, शास्त्री चतुर्थ वर्षको सप्तम पत्रमा आधारित पुस्तक परिमार्जित नयाँ पाठ्यक्रमअनुसार तयार पारिएको हो । कार्यक्रममा स्वामी ज्ञानानन्द सरस्वतीले विद्यापीठका प्राध्यापकलाई देवघाटधाममा रहेका तीन वटा गुरुकूलमा गएर अध्यापन गराउन अनुरोध गर्नुभयो । महेश सन्यास आश्रम, हरिहर सन्यास आश्रम र गलेश्वर आश्रमले सञ्चालन गरेका ती गुरुकूलमा अहिले पनि एक हजारभन्दा बढी विद्यार्थीले संस्कृत अध्ययन गरिरहेको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रमका सभापति एवं विश्वविद्यालयका प्रा डा भीमप्रसाद कँडेलले नयाँ पाठ्यक्रम बनेर लागू भइसकेको जनाउँदै यस्तो अवस्थामा रहेको पुस्तकको अभावलाई ‘शब्दशास्त्रविज्ञानम्’ ले पूर्ति गरेको बताउनुभयो । भाषा विज्ञानविद् प्रा डा माधवप्रसाद पोखरेलले नेपाल संस्कृत विश्वविद्यालयमा खोज तथा अनुसन्धानका गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिनुपर्ने बताउनुभयो । अनुसन्धानले विश्वविद्यालयलाई थप उचाइमा लैजाने उहाँको विश्वास छ ।

पुस्तकका लेखक तिवारीले व्याकरणलाई शब्दशास्त्र पनि भनिने उल्लेख गर्दै पौरस्त्य विधालाई प्रतिपादन गरिएकाले विज्ञान शब्द जोडिएको बताउनुभयो । पुस्तकका विषयमा समीक्षा गर्दै प्रा डा जीवन अधिकारीले विश्वविद्यालयमा अनुसन्धान पद्धति आवश्यक रहेकामा जोड दिनुभयो । त्यसको सुरुवात् पुस्तकका माध्यमबाट लेखकले गर्नुभएको उहाँको भनाइ छ । लेखकले यसअघि अनुसन्धान पद्धति नामक पुस्तक लेखिसक्नुभएको पनि अधिकारीले जानकारी दिनुभयो ।

समीक्षक सह प्राध्यापक केशवशरण अर्यालले पुस्तकमा चार खण्ड रहेका उल्लेख गर्दै व्याकरण शास्त्रको इतिहास, प्राचीन व्याकरणको परिचय, भाषा उत्पत्ति, भाषा विज्ञानलगायत विषय पनि पुस्तकमा समेटिएको जानकारी दिनुभयो । प्रा डा देवी नेपालले ‘शब्दशास्त्रविज्ञानम्’ पुस्तक भाषाका क्षेत्रमा महत्त्वपूर्ण आयाम भएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन