सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

दाइजोका कारण कसैलाई अन्याय भए मलाई सम्पर्क गर्नुः उपसभामुख ठाकुर

२०८३ श्रावण ३०, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

जनकपुरधाम, ३० साउनः प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुरले दाइजोका कारण कसैलाई अन्याय भए आफूलाई सम्पर्क गर्न सबैसँग आग्रह गर्नुभएको छ ।

धनुषाको ढल्केबरमा नाई सहयोग संस्था नेपालको दोस्रो अधिवेशन तथा चौथो साधारणसभाको आज उद्घाटन गर्नुहुँदै उपसभामुख ठाकुरले दाइजो प्रथाविरुद्ध आफूले निरन्तर आवाज उठाउँदै आएकाले दाइजोका कारण कसैलाई अन्याय भए आफूलाई सम्पर्क गर्न आग्रह गर्नुभयो ।

दाइजो लिएर वा दिएर विवाह गर्ने तथा दाइजोका लागि दबाब दिने कार्य कानुनी रूपमा दण्डनीय हुने भएकाले त्यस्तो कार्य नगर्न आग्रह गर्दै उपसभामुख ठाकुरले दाइजो प्रथा अन्त्यका लागि सामूहिक पहल आवश्यक रहेको बताउनुभयो । दाइजो प्रथाको अन्त्य गर्न र ठाकुर समुदायलाई सामाजिक तथा राजनीतिक रूपमा अगाडि बढाउन सबैले एकअर्कालाई सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

“छोरीलाई दाइजो नभई शिक्षा दिनुहोस्, छोराको विवाह गर्दा दाइजो नलिनुहोस्”, उपसभामुख ठाकुरले भन्नुभयो, “दाइजो समाजका लागि अभिसाप हो, सबै मिलेर यसको अन्त्य गरौँ ।” छोरी र बुहारीलाई पढ्न प्रोत्साहित गर्नु आवश्यक भएको उहाँको भनाइ थियोे ।

सो कार्यक्रममा सिरहा नाई समाजका श्यामकुमार ठाकुरले उपसभामुख ठाकुरलाई हजाम समुदायको सामाजिक, आर्थिक, शैक्षिक तथा राजनीति उत्थानसँगै राज्यको हरेक निकायमा प्रतिनिधित्व सुनिश्चित गर्न मागपत्र बुझाउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव

विकास–निर्माण थाल्नुअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा सभामुखको जोड

सभामुख अर्याल र अध्यक्ष याङ्गबीच शिष्टचार भेट

सभामुख अर्यालसंग फ्रान्स–नेपाल संसदीय समूहका अध्यक्ष पिरोनको शिष्टाचार भेट

अध्यक्ष दाहालसँग फ्रान्स–नेपाल संसदीयमैत्री सामूहिक भेट

विकासका लागि साझा संवाद गरौँ: सभामुख अर्याल

सबै नागरिकले सुरक्षित महसुस गर्ने राज्य निर्माण गर्नु आजको आवश्यकता : सभामुख अर्याल

छठले सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता बलियो बनाओस् : सभामुख अर्याल

मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान

मधेस प्रदेशसभाको बैठक कात्तिक २८ गते आह्वान

नेपाल संवत् सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख अर्याल

नेपाल संवत् सम्पूर्ण नेपालीको साझा सम्पदा होः सभामुख अर्याल