सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको रुलिङ

२०८३ भाद्र १, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, १ भदौं । प्रतिनिधिसभाका सभामुख डीलप्रसाद अर्यालले पहिलो पटक प्रधानमन्त्री बालेन शाहलाई सदनमा उठेका विषयको जवाफ दिन रुलिङ गरेका छन्।

आजको बैठक पनि विपक्षी दलहरूलेले उठेर विरोध जनाए पछि सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई जवाफ दिन रूलिङ गरेका हुन् । यसअघि पटक पटक बिपक्षी दलहरूले प्रधानमन्त्री शाहलाई जवाफ दिन रूलिङ गरे पनि उनले आनाकानी गर्दै आएका थिए । तर, सोमवारको बैठक सुरू हुने बितिक्कै बिपक्षीले पनि बिरोध जनाए पछि पहिलो पटक उनले रूलिङ गरेका हुन ।

‘प्रतिनिधिसभा नियमावली २०८३ को नियम ५६ बमोजिम प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न उत्तरको माग गर्दै गरिरहनुभएको विरोधप्रति मेरो ध्यानाकर्षण भएकै छ। यसै सन्दर्भमा प्रतिनिधि सभाको बैठकमा उपस्थित भई नियमावलीको नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु,’ उनले भने ।

गत जेठ १७ गते प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतकाे सिमा मिचेकाे छ’ भन्ने बिबादस्पद अभिब्यक्ति दिए पछि बिपक्षी दलहरूले साे अभिब्यक्ति रेकर्डवाट हटाउन, साे बारेमा माफी माग्न र सदनमा जवाफ दिन माग गर्दै निरन्तर उठेर बिराेध जनाउँदै अाइरहेकाे बेला सभामुखकाे याे रूलिङ दिएका हुन् ।

प्रतिनिधिसभाको बैठक जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव

विकास–निर्माण थाल्नुअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा सभामुखको जोड

सभामुख अर्याल र अध्यक्ष याङ्गबीच शिष्टचार भेट

सभामुख अर्यालसंग फ्रान्स–नेपाल संसदीय समूहका अध्यक्ष पिरोनको शिष्टाचार भेट

अध्यक्ष दाहालसँग फ्रान्स–नेपाल संसदीयमैत्री सामूहिक भेट

विकासका लागि साझा संवाद गरौँ: सभामुख अर्याल

सबै नागरिकले सुरक्षित महसुस गर्ने राज्य निर्माण गर्नु आजको आवश्यकता : सभामुख अर्याल

छठले सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता बलियो बनाओस् : सभामुख अर्याल

मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान

मधेस प्रदेशसभाको बैठक कात्तिक २८ गते आह्वान

नेपाल संवत् सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख अर्याल

नेपाल संवत् सम्पूर्ण नेपालीको साझा सम्पदा होः सभामुख अर्याल