सदाबहार खबरको रफ्तार ....
असोज ४, २०८० बिहिबार
September 21, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

एमबिबिएस – बिडिएस अध्ययनमा छात्रवृत्तिको दरखास्त आह्वान

२०७६ कार्तिक ६, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एमबिबिएस र बिडिएसमा अध्ययनमा छात्रवृत्ति दरखास्त आह्वान गरेको छ।

शिक्षा ऐन २०७५ बमोजिम ७५ प्रतिशत निःशुल्क छात्रवृत्ति सिट कायम गरि काठ्माण्डौ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त स्वदेशी लगानीका शिक्षण संस्थामा २० र विदेशबाट प्राप्त हुने २० प्रतिशत छात्रवृत्ति प्रयोजनका लागि दरखास्त आह्वान गरेको हो।

बुधबार देखि नै योग्यता पुगेका इच्छुक व्यक्तिले कात्तिक २० भित्र अनलाइनमार्फत दरखास्त दिनसक्ने मन्त्रालयको छात्रवृत्ति शाखाले जनाएको छ ।

सरकारले ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५’ मा भएको व्यवस्था यो बर्षदेखि सरकारी मेडिकल कलेज तथा प्रतिष्ठानमा एमबिबिएस तथा बिडिएसमा ७५ प्रतिशत छात्रवृत्ति दिने व्यवस्था गरेको छ। त्यस्तै विदेशी लगानी भएका निजी मेडिकल कलेजमा २० र स्वदेशी निजी मेडिकल कलेजमा १० प्रतिशत छुट्याइएको छ ।

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले भने ७५ प्रतिशत छात्रवृत्ति उपलब्ध गराउँदै आइरहेका छन्।

विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीको योग्यताक्रम निर्धारण गरिने मन्त्रालयले समेत सूचनामा उल्लेख गरेको छ।

यस्तो छ छात्रवृत्ति सम्बन्धि मन्त्रालयको सूचना :

Common_Notices-1.pdf

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता निष्कर्षविहीन

डिप्लोमा तथा प्रमाणपत्र तहको परीक्षा आवेदन फाराम खुल्यो

सरकार र शिक्षकका प्रतिनिधीहरुबीचको वार्ता निश्कर्षविहिन

हुम्लाको नाम्खामा नियमित पठनपाठन गर्न पालिकाको निर्देशन

विदेश पलायनले विज्ञान र गणितका शिक्षकको अभाव

एक महिनादेखी बेपत्ता शिक्षक अझै भेटिएनन्

विद्यालय बन्द गरेर आन्दोलन गरे शिक्षकलाई कारबाही गर्ने काठमाडौं महानगरको चेतावनी

विद्यालय शिक्षा विधेयक सरोकारवालासँगको परामर्शपछि मात्र अघि बढाउनुपर्छ : नैनसिंह महर

देशैभरीको शिक्षक काठमाडाैंमा जम्मा, आजबाट प्रदर्शनमा उत्रने

शिक्षकलाई वार्तामा आउन मन्त्रीको आह्वान

शिक्षा विधेयक परिमार्जन गर्न परीक्षा बोर्डका कर्मचारी सङ्गठनको आग्रह

मकवानपुर बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाइने