सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

राष्ट्रियसभाका सदस्यद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

२०८३ भाद्र ३, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ३ भदौ : राष्ट्रियसभा सदस्यहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सदस्य नरबहादुर विष्टले कर्णाली प्रदेशको खानेपानी आयोजना सञ्चालन गर्न ढिलाइ हुनलागेकाले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

कर्णाली प्रदेशको खानेपानी आयोजनालाई पनि मेलम्चीकै अवस्थामा पु¥याउने गरी काम गराउन खोजिएकामा आपत्ति जनाउनुभयो ।

सदस्य सोमनाथ पोर्तेलले स्वास्थ्य स्वयंसेविकाको परिचालनबाट ज्येष्ठ नागरिकले औषधि पाउने र बालबालिकाले खोप पाउने अवस्था आएका जस्ता धेरै सकारात्मक काम विगत ३५ वर्षदेखि सुरु भएकाले केही भएन भन्ने भनाइ सन्तुलित रुपमा नआएको बताउनुभयो ।

गत वर्ष साउनको तुलनामा यस वर्ष आठ प्रतिशत बढी युवा वैदेशिक रोजगारीका लागि विदेश गएको उहाँले जानकारी दिनुभयो ।

सदस्य चन्द्रबहादुर केसीले गत वर्ष भदौ २३ र २४ गतेको घटनाका विषयमा अध्ययन गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभयो ।

नेपालमा ५०० भन्दा धेरै रोहिङ्ग्या बढेको उल्लेख गर्नुहुँदै उहाँले तिब्बती शरणार्थी पनि गुम्बामा बढेकाले समस्या समाधान गर्न माग गर्नुभयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव

विकास–निर्माण थाल्नुअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा सभामुखको जोड

सभामुख अर्याल र अध्यक्ष याङ्गबीच शिष्टचार भेट

सभामुख अर्यालसंग फ्रान्स–नेपाल संसदीय समूहका अध्यक्ष पिरोनको शिष्टाचार भेट

अध्यक्ष दाहालसँग फ्रान्स–नेपाल संसदीयमैत्री सामूहिक भेट

विकासका लागि साझा संवाद गरौँ: सभामुख अर्याल

सबै नागरिकले सुरक्षित महसुस गर्ने राज्य निर्माण गर्नु आजको आवश्यकता : सभामुख अर्याल

छठले सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता बलियो बनाओस् : सभामुख अर्याल

मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान

मधेस प्रदेशसभाको बैठक कात्तिक २८ गते आह्वान

नेपाल संवत् सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख अर्याल

नेपाल संवत् सम्पूर्ण नेपालीको साझा सम्पदा होः सभामुख अर्याल