सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

वरिष्ठ पत्रकार विरहीसहित पाँच पत्रकार पुरस्कृत

२०८३ भाद्र ६, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बाँके, ६ भदौः नेपाल प्रेस युनियन बाँकेले वरिष्ठ पत्रकार हरिहर विरहीसहित पाँच पत्रकारलाई आज पुरस्कृत गरेको छ । नेपाल प्रेस युनियनको १३औँ जिल्ला अधिवेशनमा उहाँहरूलाई नेपालगन्जमा पुरस्कृत गरिएको हो ।

वरिष्ठ पत्रकार विरहीलाई प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्ता राष्ट्रिय पत्रकारिता पुरस्कार र स्वर्गीय सुशील कोइराला राष्ट्रिय पत्रकारिता पुरस्कार नेपाल प्रेस युनियनका पूर्वकेन्द्रीय अध्यक्ष समिरजङ्ग शाहलाई रु २५ हजार नगद र दोसल्ला ओढाएर पुरस्कृत गरिएको हो ।

त्यसैगरी, नेपाल प्रेस युनियन बाँकेले स्वर्गीय जगन्नाथ गौडेल पत्रकारिता पुरस्कारबाट पत्रकार नवीन गिरी, प्रेस युनियन क्रियाशिलता पत्रकारिता पुरस्कारबाट टेकेन्द्र बस्याल, प्रेस युनियन उदीयमान पत्रकारिता पुरस्कार लीला चौधरी, शतक रक्तदाता पुरस्कार पवन यादवलाई प्रदान गरिएको थियो । उहाँहरूलाई रु पाँच हजार नगदसहित दोसल्ला ओढाएर पुरस्कृत गरिएको हो ।

सो अवसरमा वरिष्ठ पत्रकार विरहीले ठूलो सङ्घर्षका कारण लोकतन्त्रका लागि पत्रकारहरूले पाएको स्वतन्त्रताको सदुपयोग भन्दा दुरूपयोग बढी भएको उल्लेख गर्दै कतिपय ठाउँमा पत्रकारहरू चुकेको बताउनुभयो । उहाँले प्रविधिमा भएको सहज पहुँचले सदुपयोगभन्दा दुरूपयोग भएका कारण पत्रकारहरूले अनपेक्षित रूपमा सजाय भोग्ने अवस्था रहेको उल्लेख गर्नुभयो ।

युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार समिरजङ्ग शाह, शुक्रऋषि चौलागाईँ, नेपाली कांग्रेस, बाँकेका सभापति नारायणप्रसाद गौडेललगायतले बोल्नुभएको थियो । सो अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन