सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

सुदूरपश्चिम विश्वविद्यालयद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय

२०८३ भाद्र १३, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

महेन्द्रनगर (कञ्चनपुर), १३ भदौ: सुदूरपश्चिम विश्वविद्यालयले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्ने निर्णय गरेको छ ।

विश्वविद्यालयको आज बसेको कार्यकारी परिषद्को बैठकले विश्वविद्यालय तथा मातहतका निकायमा कार्यरत पदाधिकारी, शिक्षक तथा कर्मचारीको भदौ महिनाको तलबबाट निश्चित रकम कट्टा गरी विपद् राहतका लागि उपलब्ध गराउने निर्णय गरेको रजिस्ट्रारको कार्यालयले जनाएको छ ।

विश्वविद्यालयले रसुवा जिल्लास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लाका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको घटनाप्रति दुःख व्यक्त गर्दै विश्वविद्यालयले बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि रकम सहयोग गर्ने निर्णय गरेको हो ।

जसअनुसार उपकुलपतिको एक महिनाको तलब बराबरको रकम कट्टा गरिनेछ । प्राध्यापक, सहप्राध्यापक, सहप्रशासक वा सो सरहका शिक्षक तथा कर्मचारीबाट मासिक सुरु तलब स्केलको १० दिनको तलब कट्टा गरिनेछ ।

त्यस्तै, उपप्राध्यापक, उपप्रशासक, सहायक प्रशासक, शिक्षण सहायक, प्रशिक्षक वा सो सरहका शिक्षक तथा कर्मचारीबाट सात दिनको तलब, मुख्य सहायक, सहायक वा सो सरहका कर्मचारीबाट पाँच दिनको तलब र श्रेणीविहीन कर्मचारीबाट दुई दिनको तलब कट्टा गरिने विश्वविद्यालयले जनाएको छ । यसरी सङ्कलन गरिएको रकम करिब ८८ लाख कार्यालयले जनाएको छ ।

विश्वविद्यालयका रजिस्ट्रार प्राडा गोविन्दसिंह बिष्टद्वारा जारी सूचनामा प्राकृतिक विपद्मा परी ज्यान गुमाएका नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको समेत कामना गरिएको छ । विश्वविद्यालयले विपद्को यस घडीमा प्रभावित नागरिकको उद्धार, राहत र पुनस्र्थापनाका लागि आफ्नोतर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रिय ह्याकाथन प्रतियोगिता सुरु

फोहरलाई स्रोतका रूपमा उपयोग गर्न प्रेरित गर्दै ‘आरयू फेस्ट’

विकेन्द्रीकरण विस्तारको तयारीमा त्रिवि

त्रिविले खुलायो M.Ed. र MSSEd विद्यार्थीलाई परीक्षा केन्द्र रोज्ने सुविधा

प्रवासीको सहयोगमा विद्यालय भवन निर्माण

विद्यालयका निम्ति जग्गा खरिद गर्न देउसीभैलोबाट जुट्यो नौ लाख

चिनियाँ दूतावासले बलान बिहुलमा शैक्षिक तथा स्वास्थ्य सामग्री सहयोग

अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान

टर्कीका शिक्षामन्त्रीसँगै मन्त्री पोखरेलको विद्यालय अवलोकन : बालमैत्री र हरित शिक्षाका अभ्यासबारे चासो

जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौँ: शिक्षामन्त्री पोखरेल

निधि भवन राजर्षी जनक विश्वविद्यालयलाई हस्तान्तरण

गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्दै विद्यार्थी