काठमाण्डौं । बाढी तथा पहिरोबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउन अमेरिकाले नेपालमा आवश्यक उद्धार सामग्री पठाएको छ। राहत सामग्री बोकेका अमेरिकी सेनाका दुई वटा कार्गो विमान काठमाडौं आइपुगेका छन्।
बाढीपीडितको खोज तथा उद्धारका लागि अमेरिकाले करिब ५ हजार विशेष उद्धार सामग्री, ५ सय प्राथमिक उपचार किट, स्ट्रेचर तथा बाढीका कारण थुप्रिएका माटो, ढुंगा र भग्नावशेष हटाउन प्रयोग हुने लोडरलगायतका उपकरण नेपाल पठाएको हो।
विपद्का कारण सडक, बस्ती तथा पूर्वाधारमा क्षति पुगेका स्थानमा खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन यी सामग्री महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।
अमेरिकी सहयोगअन्तर्गत नेपाल आइपुगेका कार्गो विमान तथा उद्धार सामग्रीले विपद्मा परेका नागरिकको उद्धार र राहत व्यवस्थापनमा थप सहयोग पुग्ने विश्वास गरिएको छ।

