सदाबहार खबरको रफ्तार ....
असोज १०, २०८० बुधबार
September 27, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

तत्कालीन स्वतन्त्र मधेश गठबन्धनका चार कार्यकर्ताले पाए सफाई

२०७६ कार्तिक ६, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ : तत्कालीन स्वतन्त्र मधेश गठबन्धनका (सीके राउत) निकट ४ जनालाई जिल्ला अदालत सप्तरीले सफाइ दिएको छ।

गत बर्षको माघ ५ गते पोस्टर टाँस्ने कार्यमा स्थानिय बालबालिकालाई प्रयोग गरेको आरोपमा सप्तरी प्रहरीले उनिहरुलाई पक्राउ गरेको थियो।

उनीहरुले मधेशी जागरणको हितको लागि कार्यक्रम गरेको तर छुट्टै स्वतन्त्र राज्य बनाउन सक्रिय नभएको प्रष्ट् भएपछि अदालतले चारै जना कार्यकर्तालाई सफाइ दिएको हो।

आरोपित सुशिल मण्डल, श्यामकुमार यादव, सरोजकुमार यादव र अविनाश पण्डितलाई जिल्ला अदालतका न्यायाधीश जवाहरप्रसाद सिंहको इजलासले सफाइ दिएको बताईएको छ ।

बालबालिकालाई प्रलोभनमा पारी फ्रि मधेस लेखिएको व्यानर टाँस्ने कार्यमा सहभागी गराएको भन्दै सप्तरी प्रहरीले बालबालिका ऐन २०७५ अन्तर्गत बालबालिका दुरुपयोग कसुर मा उनीहरुलाई कारवाही गरेको थियो।

यता प्रहरीले भने नेपालबाट छुट्टै अलग मधेश राज्य बनाउन सक्ने सम्मको क्रियाकलाप उनीहरुबाट भएको भन्दै आएतापनि प्रहरीको अभियोग दावी नपुग्ने भएपछि सफाइ दिने फैसला अदालतले गरेको हो।

यसअघि आरोपितहरु फागुन १२ गते धरौटी रकम बुझाएर रिहा भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नेकपा एसको मेची-महाकाली अभियान असोज १४ देखि

एमाले बागमती प्रदेश अधिवेशनको बन्दसत्र सुरु

राष्ट्रपति संस्थाको गरिमा अभिवृद्धि गर्नुपर्छ : महामन्त्री शर्मा

लोसपा केन्द्रीय समितिले पायो पूर्णता

तस्करीका घटनामा दोषीलाई कारबाही गराउने गरी आयोग गठन हुनुपर्छ : अध्यक्ष ओली

एमालेको ध्यान बलियो राष्ट्रिय शक्ति निर्माणमा: महासचिव पोखरेल

ड्रोनबाट ब्यानर उडाएर एमाले बागमती प्रदेश अधिवेशन सुरु

लोसपाको शीर्ष नेताहरूको बैठक बस्दै

काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै

एमाले बागमती प्रदेशको प्रथम अधिवेशन आज

माओवादी नेताहरुद्वारा म्याग्दीको डाँडागाउँमा श्रमदान गरेर सडक मर्मत

गण्डकी एमाले अधिवेशन असोज १५ र १६ गते