सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

तत्कालीन स्वतन्त्र मधेश गठबन्धनका चार कार्यकर्ताले पाए सफाई

२०७६ कार्तिक ६, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ : तत्कालीन स्वतन्त्र मधेश गठबन्धनका (सीके राउत) निकट ४ जनालाई जिल्ला अदालत सप्तरीले सफाइ दिएको छ।

गत बर्षको माघ ५ गते पोस्टर टाँस्ने कार्यमा स्थानिय बालबालिकालाई प्रयोग गरेको आरोपमा सप्तरी प्रहरीले उनिहरुलाई पक्राउ गरेको थियो।

उनीहरुले मधेशी जागरणको हितको लागि कार्यक्रम गरेको तर छुट्टै स्वतन्त्र राज्य बनाउन सक्रिय नभएको प्रष्ट् भएपछि अदालतले चारै जना कार्यकर्तालाई सफाइ दिएको हो।

आरोपित सुशिल मण्डल, श्यामकुमार यादव, सरोजकुमार यादव र अविनाश पण्डितलाई जिल्ला अदालतका न्यायाधीश जवाहरप्रसाद सिंहको इजलासले सफाइ दिएको बताईएको छ ।

बालबालिकालाई प्रलोभनमा पारी फ्रि मधेस लेखिएको व्यानर टाँस्ने कार्यमा सहभागी गराएको भन्दै सप्तरी प्रहरीले बालबालिका ऐन २०७५ अन्तर्गत बालबालिका दुरुपयोग कसुर मा उनीहरुलाई कारवाही गरेको थियो।

यता प्रहरीले भने नेपालबाट छुट्टै अलग मधेश राज्य बनाउन सक्ने सम्मको क्रियाकलाप उनीहरुबाट भएको भन्दै आएतापनि प्रहरीको अभियोग दावी नपुग्ने भएपछि सफाइ दिने फैसला अदालतले गरेको हो।

यसअघि आरोपितहरु फागुन १२ गते धरौटी रकम बुझाएर रिहा भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलद्वारा छलफल जारी

‘मानवता र करुणायुक्त प्रदेश निर्माणमा सरकार प्रतिबद्ध’

सुकुम्बासीमाथि डोजर आतंक बन्द गर्न माओवादीको माग

सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग

सत्य निरूपण र बेपत्ता आयोगका छिटो पदाधिकारी नियुक्त गर्न माग

निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत

प्रतिनिधिसभाः विपद्, सुकुमवासी व्यवस्थापन र सडक सुरक्षामा ध्यानाकर्षण

पेट्रोलियम उत्खनन परियोजना छिटो अगाडि बढाउन आग्रह

एमाले सचिवालय बैठक : भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने

कांग्रेस नीति प्रतिष्ठानद्वारा बाह्र उपसमिति गठन

विधि र प्रक्रियाबमोजिम आएका रिट दर्ता गर्नुः कामु प्रधानन्यायाधीश मल्ल

एमालेको सचिवालय बैठक बस्दै