सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

‘लोकबहादुर गुरुङ स्मृति सम्मान’ गायक गुरुङलाई

२०८३ भाद्र २०, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । लोकबहादुर गुरुङ स्मृति प्रतिष्ठानको आयोजनामा वरिष्ठ संस्कृतिकर्मी स्व‍ लोकबहादुर गुरुङको १२ औँ स्मृति दिवस तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा गुरुङ समुदायका चर्चित गायक तथा संगीतकार धनबहादुर गुरुङलाई सम्मान गरिएको छ।

प्रतिष्ठानले गुरुङलाई ५१ हजार नगद, दोसल्ला, फेटा र सम्मानपत्र प्रदान गर्दै सम्मान गरेको हो। गुरुङ समुदायको भाषा, संस्कृति, कला र संगीतको संरक्षण तथा प्रवद्र्धनमा पु¥याएको योगदानको कदरस्वरूप उनलाई सम्मान गरिएको जनाइएको छ।

गण्डकी प्रदेश सरकारका सांसद एवम् चलचित्र निर्माता वेदबहादुर गुरुङ ‘श्याम’ को अध्यक्षतामा रहेको लोक बहादुर गुरुङ स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा धनबहादुर गुरुङलाई सम्मान गरिएको हो।

कार्यक्रममा स्व‍ लोकबहादुर गुरुङले नेपाली तथा गुरुङ कला–संस्कृतिको क्षेत्रमा पु¥याएको योगदानको स्मरण गर्दै उनका योगदान र सिर्जनालाई नयाँ पुस्तासम्म पु¥याउनुपर्नेमा जोड दिइएको थियो।

सम्मान ग्रहण गर्दै गायक तथा संगीतकार धनबहादुर गुरुङले आफूले कला, संगीत र संस्कृतिको क्षेत्रमा गर्दै आएको योगदानको कदरस्वरूप प्राप्त सम्मानले थप जिम्मेवारी र ऊर्जा प्रदान गरेको बताए। उनले गुरुङ समुदायको मौलिक कला, भाषा, संस्कृति र संगीतको संरक्षणमा निरन्तर योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रतिष्ठानले हरेक वर्ष स्व‍ लोकबहादुर गुरुङको स्मृतिमा विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गर्ने अध्यक्ष गुरुङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन