सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

साहित्यकार पौडेलको नयाँ महाकाव्य ‘तितिक्षा’ लोकार्पण

२०८३ भाद्र २३, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। पत्रकार एवं साहित्यकार प्रतिभा पौडेलद्वारा लिखित पहिलो महाकाव्य `तितिक्षा´ इलाममा लोकार्पण गरिएको छ। लामो समयदेखि लेखन कार्यमा सक्रिय पौडेलले पहिलो पटक महाकाव्य ल्याउनुभएको हो।

उहाँको कृति इलाम नगरपालिकाका प्रमुख केदार थापाको प्रमुख आतिथ्य तथा इलाम नगर साहित्य, कला तथा संगीत प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङको अध्यक्षतामा आयोजित कार्यक्रममा महाकाव्य ‘तितिक्षा’ सार्वजनिक गरिएको हो।

प्रतिभाले लिएर आइन् महाकाव्य `तितिक्षा´महाकाव्यमा २२५१ श्लोक, १७ सर्ग र १६ छन्दको प्रयोग गरिएको छ। कवि पौडेलका अनुसार महाकाव्यमा महाभारतकालीन कथालाई नयाँ ढंगले प्रस्तुतिकरण गरिको छ। कितावको प्रमुख पात्र महाभारतकालीन पात्र कर्ण हुन्। कर्णको संघर्ष र जीवनका बारेमा पौडेलले पुस्तकमार्फत चर्चा गर्नुभएको छ।

`कितावमा महाभारतकालीन महिला र हालका महिलाका पीडाको तुलना गरिएको छ। महाकाव्यको प्रमुख पात्र कर्ण हुुन्। पुस्तकमा कर्णसँग जोडिएका महिला विषयमा वर्णन गरिएको छ।´

इलाममा बसेर विशेष गध्य छन्दमा कलम चलाउने प्रतिभाको यो पहिलो महाकाव्य हो। यसअघि पौडेलले २०५९ सालबाट कृति लेखन सुरु गर्नुभएको हो।

२०६९ सालमा गंगा खण्डकाव्य, `झुल्केघाम र तृष्णा´ २०७३ सालमा, अक्षरमा मेची-मूच्छर्ना- २०७३, पूर्वाञ्चलीय नारी स्रष्टा कोष (खोज २०७७), पूर्वका साहित्य सारथि (जीवनसंग्रह २०७८), सन्धान (छन्दोबद्ध कवितासंग्रह २०७९), इलामे चेलीका रचनाहरू (सामूहिक २०५९), मेची पद्माला (सामूहिक २०५९) लेख्नुभएको छ। लेखक पौडेलका अनुसार `तितिक्षा´को अर्थ सहिष्णुता भन्ने हुन्छ। महिलाको सहनशिलताका विषयमा कवितामार्फत उजागर गर्न खोजिएको छ।

लोकार्पण कार्यक्रममा साहित्यकार इन्द्रनारायण सुवेदी, सोम निरौला, टीका घिमिरे तथा युवा साहित्यकार एवं कवि अन्वेष थुलुङले ‘तितिक्षा’ महाकाव्यमाथि टिप्पणी तथा समीक्षात्मक धारणा राख्नुभएको थियो। उहाँहरूले कृतिले समेटेका विषयवस्तु, सामाजिक सरोकार र साहित्यिक पक्षबारे चर्चा गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन