सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

साझाले कास्कीको उपनिर्वाचनमा रजनी केसी उठाउने लगभग पक्का (बिज्ञप्ति सहित)

२०७६ कार्तिक ६, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ : साझा पार्टीले मंसिर १४ को उपनिर्वाचनमा कास्की २ बाट महिला उमेद्वार उठाउने भएको छ ।

साझा पार्टीको कात्तिक ५ र ६ गते पोखरामा बसेको केन्द्रीय समिति बैठकले रजनी केसीलाई उमेदवार तय गरेको हो ।

साझाका प्रवक्ता डा सूर्यराज आचार्यले प्रेस विज्ञप्ति मार्फत पार्टीको जिल्ला र क्षेत्रीय समितिको सिफारिस अनुसार पोखरा महानगरपालिकी पार्टी केन्द्रीय सदस्य रजनी केसीलाई उमेदवार बनाउने निर्णय गरेको बताएका छ्न् ।

महिला नेत्री केसि सुरक्षित मातृत्व सञ्जाल महासङ्घ, नेपाल परिवार नियोजन सङ्घ लगायत विभिन्न सङ्घसंस्थाहरुमा नेतृत्वदायी जिम्मेवारी सम्हाल्नुका साथै लामो समय विभिन्न तह र तप्कामा रहेर राजनीतिक अनुभव बटुल्दै समाज रूपान्तरणका लागि सामाजिक, धार्मिक र राजनीतिक रूपमा लागिपरेकी छिन् ।

सिर्जनात्मक शक्तिमा बदल्न अब साझा पार्टी मात्र भरपर्दो विकल्प हो बुधबार जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तो रहेको छ बिज्ञप्ति :

प्रेस विज्ञप्ति
कास्की क्षेत्र नं २ मा उमेदवार चयन बारे
(प्रकाशन र प्रसारणका लागि बिशेष अनुरोध सहित)

यही कार्तिक ५ र ६ गते पोखरामा केही महत्त्वपूर्ण निर्णय सहित साझा पार्टीको केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ। पार्टीलाई नयाँ उचाइमा पुर्‍याउन केन्द्रीय नेतृत्वले छिटै नै देश भरि बुद्धिजीवि, नागरिक अगुवा, उद्योगी-व्यवसायी लगायत आम जन समुदायसँग परामर्श र अन्तरक्रिया गर्ने निर्णय गरेको छ। साथै आसन्न उप-निर्वाचनका बारेमा रणनीतिक योजना, उम्मेदवार चयन र निर्वाचन परिचालन बारेमा पनि आवश्यक निर्णय लिएको छ।

बैठकले प्रतिनिधि सभा कास्की क्षेत्र नं २ को रिक्त सांसद पदका लागि पार्टीको जिल्ला र क्षेत्रीय समिति सिफारिस अनुसार पोखरा महानगरपालिका निवासी साझा पार्टी केन्द्रीय सदस्य रजनी केसी लाई पार्टीको उम्मेदवार रूपमा चयन गरेको छ। उप-निर्वाचन हुन गइरहेका अन्य रिक्त पदका लागि पार्टीले विधि-विधान अनुसार क्रमिक रूपमा उम्मेदवार चयन गर्ने छ।

कास्की क्षेत्र नं २, साझा पार्टीको उम्मेदवार रजनी केसी लामो समयदेखि समाज रूपान्तरणका लागि सामाजिक, धार्मिक र राजनीतिक रूपमा लागि परेको एक जना अभियान कर्ता हुन। उनले सुरक्षित मातृत्व सञ्जाल महासङ्घ, नेपाल परिवार नियोजन सङ्घ लगायत विभिन्न सङ्घ, संस्थाहरुमा नेतृत्वदायी जिम्मेवारी सम्हाल्नुका साथै लामो समय विभिन्न तह र तप्कामा रहेर राजनीतिक अनुभव बटुलेकी छन्। गत वैशाखमा पोखरा विश्वविद्यालयको उपप्रशासक पदबाट राजीनामा दिएर उनी साझा पार्टी निर्माणको अभियानमा संलग्न भएकी थिइन। उनले जनसङ्ख्या, लैङ्गिक अध्ययन तथा विकासमा स्नातकोत्तर गरेकी छन्।

जग जाहेरै छ, भ्रष्टाचार शिखरमा छ। शिक्षा र स्वास्थ्यमा नाफाखोर व्यापार छ। क्षमतावान् र ऊर्जा शील युवा देश छोड्न बाध्य छन्। नागरिक स्वतन्त्रतालाई अङ्कुश लगाउने गरी सरकार अनुदार लोकतन्त्रतर्फ उन्मुख देखिंदैछ। जनभावनालाई प्रखररूपमा मुखरित गर्ने भूमिकामा रहेको प्रतिपक्ष अकर्मण्य र उदासीन छ। सत्तासीन र प्रतिपक्षमा रहेका दुवै ठुला दलले जनताको अपेक्षामा गंभिर तुषारापात गरेका छन्।

मुलुकका यी सबै समस्याको जड राजनीतिलाई पेसा र राज्य दोहनको माध्यम बनाउने पुराना दलको गलत राजनीतिक शैली हो भन्ने साझा पार्टीको ठहर छ।

यो पृष्ठभूमिमा सङ्घ, प्रदेश र स्थानीय तहका विभिन्न रिक्त पदमा हुन लागेको उप-निर्वाचन जनप्रतिनिधि छान्ने एक सामान्य निर्वाचन मात्र होइन। यो उपनिर्वाचन सत्ता र प्रमुख प्रतिपक्षमा रहेका दुवै दलले आम जनतालाई गरेको विश्वासघातमाथिको ‘जनमत-सङ्ग्रह’ हो। हरेक चुनाव क्षेत्रका मतदातामा सम्पूर्ण नेपाली जनताको भावनालाई प्रतिनिधित्व गर्दै मतदान गर्नु पर्ने गहन जिम्मेवारी थपिएको छ।

राजनीतिक बेथितिप्रति आमजनताको प्रतिक्रिया र आक्रोशलाई समाधानमुखि सिर्जनात्मक शक्तिमा बदल्न अब साझा पार्टी मात्र भरपर्दो विकल्प हो। हामी तपाईँको सहयात्री हुँदै पद्धति, पारदर्शिता, इमानदारी र उत्कृष्टताको चार खम्बामा टेकेर ‘कल्याणकारी लोकतन्त्र’मार्फत एकै पुस्तामा देश रूपान्तरण गर्न प्रतिबद्ध छौँ।

तराजु चिन्हमा छाप लगाई साझा पार्टीको अभियानलाई सघाउन तपाईँलाई हार्दिक अपिल गर्दछौँ।

डा सूर्यराज आचार्य
प्रवक्ता, साझा पार्टी
मिति: ६ कार्तिक २०७६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

‘पार्टी सदस्यका समस्या समाधान गर्न क्रियाशील सदस्यता अद्यावधिक गरिने’

चुनावपछि पहिलोपटक बस्दै एमाले सचिवालय बैठक

कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन

रास्वपाको महाधिवेशनमा २५ सय प्रतिनिधि सहभागी हुने

रास्वपाको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

मदन–आश्रित स्मृति दिवस मनाउन एमालेमा तयारी बैठक

कांग्रेसभित्र कसैलाई पक्षपात हुँदैनः महामन्त्री घिमिरे

नीति तथा कार्यक्रमले विद्यमान गम्भीर प्रश्नहरूको उत्तर दिन सकेनः नेता थापा

कांग्रेसद्वारा २१ बुँदे ‘कर्णाली सङ्कल्प पत्र’ जारी

जनतालाई न्याय गर्न अध्यादेश ल्याउनुपरेको होः रास्वापा नेता पराजुली

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने जिम्मेवारी सरकारको होः संयोजक दाहाल