सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

प्रतिनिधिसभाः ‘जेनजी आन्दोलनको मर्म र भावनाअनुरुप चल्नुपर्छ’

२०८३ भाद्र २४, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २४ भदौः प्रतिनिधिसभाको आजको आकस्मिक समयमा भाग लिने सांसदहरुले गत वर्षको जेनजी आन्दोलन सरकार परिवर्तनका लागि नभई सुशासन र विधिको शासन स्थापितका लागि भएकाले आन्दोलनको मर्म र भावनाअनुरुप सरकार र राजनीति दलले काम गर्नुपर्ने बताउनुभएको छ ।

सभाको आकस्मिक समयमा भाग लिँदै राष्ट्रिय स्वतन्त्र पार्टीका(रास्वपा)का सांसद पुरूषोत्तम शुप्रभात यादवले जेनजी आन्दोलनको माग र भावनाबमोजिम सरकारले काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले जेनजी आन्दोलनकारीलाई नै पक्राउ र थुनामा राख्ने कार्य भएको जनाउँदै त्यस्ता कार्य सच्याउन माग गर्नुभयो । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले जेनजी आन्दोलन सरकार परिवर्तनका लागि नभई शैली परिवर्तनसहित सुशासन र विधि कायमका लागि भएकाले सबैले त्यसअनुसार काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले बजारमा उपभोग्य वस्तुको अभावकाबीच विपत्तिको सामनाका लागि सबै एक भएर लाग्नुपर्ने अवस्था रहेको जनाउँदै नुवाकोट, रसुवा र धादिङको सडक सञ्जालको पुनःस्थापनामा विशेष ध्यान सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सोही पार्टीका सांसद बासना थापाले रसुवा बाढीको दुई साता बितिसक्दा पनि अझै सयौँ बेपत्ता भएका नागरिकको प्रभावकारी खोजी हुन नसक्दा सम्बन्धित परिवारले पीडाको सामना गरिरहनुपरेको भनी सरकारको ध्यानाकर्षण गराउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद क्रान्तिशीखा धितालले बाढी पीडित क्षेत्रमा महामारीको जोखिम बढेको तथा होल्डिङ सेन्टरमा महिला र बालबालिकाको सुरक्षा थप चुनौतीपूर्ण रहेको बताउनुभयो ।

नेकपा (एमाले) का सांसद गणेशसिंह ठगुन्नाले हालैको अविरल वर्षाले दार्चुलालगायत क्षेत्रमा बस्ती प्रभावित भएको जानकारी गराउँदै विपद्पूर्व सूचना प्रणाली र महाकालीमा तटबन्ध निर्माणमा ध्यान दिन आग्रह गर्नुभयो ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद पार्वती विकले जेनजी आन्दोलनले बोकेको परिवर्तनको सङ्कल्पलाई सरकारले केकति पूरा गर्न सकेको वा नसकेकोबारे समीक्षा गर्न आवश्यक रहेको बताउनुभयो ।

कांग्रेसका सांसद सीता थपलियाले बाढी प्रभावित क्षेत्रमा बेलीब्रिज निर्माण गरी सडक सम्पर्क पुनःस्थाना गर्न माग गर्नुभयो ।
कांग्रेसकै सांसद खड्गबहादुर शाहीले मुगुको छायाँनाथ नगरपालिकाको घट्टेखोलाको बाढीका कारण स्थानीयवासीलाई परेको असुविधाबारे सदनलाई जानकारी गराउनुभयो ।

एमालेका सांसद डा अर्जुनकुमार कार्कीले सम्भावित जोखिमयुक्त हिमतालको अध्ययन गरी त्यसबारे प्रभावित क्षेत्रका नागरिकलाई सचेतना दिलाउन आवश्यक रहेको बताउनुभयो

रास्वपाका सांसद यज्ञमणि न्यौपानेले शक्ति राष्ट्रले अन्तरराष्ट्रिय कानुनको पालना नगरेका कारण नेपालले जलवायु परिवर्तनको मार खेपिरहेको जनाउँदै जेनजी आन्दोलनमा सहभागी व्यक्ति आज कारागार र अदालत धाउनुपर्ने अवस्था अन्त्य गरिनु पर्ने धारणा व्यक्त गर्नुभयो । सभाको बैठक जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव

विकास–निर्माण थाल्नुअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा सभामुखको जोड

सभामुख अर्याल र अध्यक्ष याङ्गबीच शिष्टचार भेट

सभामुख अर्यालसंग फ्रान्स–नेपाल संसदीय समूहका अध्यक्ष पिरोनको शिष्टाचार भेट

अध्यक्ष दाहालसँग फ्रान्स–नेपाल संसदीयमैत्री सामूहिक भेट

विकासका लागि साझा संवाद गरौँ: सभामुख अर्याल

सबै नागरिकले सुरक्षित महसुस गर्ने राज्य निर्माण गर्नु आजको आवश्यकता : सभामुख अर्याल

छठले सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता बलियो बनाओस् : सभामुख अर्याल

मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान

मधेस प्रदेशसभाको बैठक कात्तिक २८ गते आह्वान

नेपाल संवत् सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख अर्याल

नेपाल संवत् सम्पूर्ण नेपालीको साझा सम्पदा होः सभामुख अर्याल