सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

राष्ट्रियसभा सदस्यहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

२०८३ भाद्र २५, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २५ भदौ : राष्ट्रियसभाका सदस्यहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा भाग लिँदै उहाँहरूले दैनिक उपभोग्य वस्तुको अभाव र बाढी पहिरो प्रभावितको राहत र उद्धारका विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

सांसद खम्मबहादुर खातीले बाजुरा जिल्लाको बुढीगण्डकीमा अस्पताल निर्माण सम्पन्न गर्ने सम्झौता बमोजिम काम नभएको भनि स्थास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । सभाका अर्का सदस्य चन्द्रबहादुर केसीले बजारमा खाना पकाउने ग्यासको अभाव देखाएर कालोबजारी भइरहेको भन्दै त्यस्ता कार्य तत्काल रोक्न सरकारसँग माग गर्नुभयो । बाढी प्रभावित क्षेत्रमा तत्कालको आवश्यकता पूर्ति गर्न तुइनलगायत यातायातको पहुँच पुर्‍याउनुपर्नेमा उहाँको जोड थियो ।

सदस्य जगत तिमल्सिनाले सार्वजनिक पदमा बसेका व्यक्तिहरू जिम्मेवार भएर प्रस्तुत हुनुपर्नेमा त्यस्तो नहुँदा अराजकता फैलनेतर्फ सचेत गराउनुभयो । त्यस्तै सदस्य धर्मेन्द्र पासवानले मधेश प्रदेशमा धेरै पुल अधुरो रहेकाले यथाशीघ्र काम अगाडि बढाउन सरकारसँग माग गर्नुभयो ।

सांसद मीनासिंह रखालले भोटेकोशी बाढीमा परी हराएका श्रीमान्को खोजी गरिदिन माग गर्दा सामाजिक सञ्जालमा पीडितप्रति नै अश्लील गालीगलौच गर्नेलाई कारबाही गर्न माग गर्नुभयो । सदस्य रञ्जित कर्णले कानुन निर्माण राष्ट्रियसभाबाट अवरोध भयो भनि दिएको अभिव्यक्तिका विषयमा विरोध जनाउनुभयो । सांसद रामकुमारी झाँक्रीले राष्ट्रियसभाबाट कानुन निर्माणमा कहाँ र कहिले अवरोध भएको भन्ने विषय स्पष्ट पार्न आग्रह गर्नुभयो ।

सांसद रेखाकुमारी झाले भोटेकोशी बाढीबाट प्रभावितलाई उनीहरूको आवश्यकताअनुसार यथाशीघ्र राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो । सदस्य रोशनी मेचेले मोरङ कारागारमा भएको झडपको घटनाका बारेमा छानबिन गरी दोषीमाथि काराबाही गर्न आग्रह गर्नुभयो ।

सदस्य वासुदेव घिमिरेले देशमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढ्दै गएरकाले आत्महत्याको दर पनि बृद्धि हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । अर्का सदस्य सम्झना देवकोटाले गत वर्ष र यो वर्षको भदौमा प्राकृतिक विपत्ति आइलागेको उल्लेख गर्दैै त्यस्ता विपद्बाट हुने जनधनको क्षतिको न्यूनीकरण गर्न पूर्वतयारी अपनाउनुपर्नेमा जोड दिनुभयो ।

सदस्यहरू सुनीलबहादुर थापा र सोमनाथ पोर्तेलले राज्यका जिम्मेवार निकायमा बसेका व्यक्तिहरूका अभिव्यक्तिबाट अरुलाई चोट पुर्‍याउन नहुनेतर्फ सचेत रहनुपर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव

विकास–निर्माण थाल्नुअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा सभामुखको जोड

सभामुख अर्याल र अध्यक्ष याङ्गबीच शिष्टचार भेट

सभामुख अर्यालसंग फ्रान्स–नेपाल संसदीय समूहका अध्यक्ष पिरोनको शिष्टाचार भेट

अध्यक्ष दाहालसँग फ्रान्स–नेपाल संसदीयमैत्री सामूहिक भेट

विकासका लागि साझा संवाद गरौँ: सभामुख अर्याल

सबै नागरिकले सुरक्षित महसुस गर्ने राज्य निर्माण गर्नु आजको आवश्यकता : सभामुख अर्याल

छठले सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता बलियो बनाओस् : सभामुख अर्याल

मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान

मधेस प्रदेशसभाको बैठक कात्तिक २८ गते आह्वान

नेपाल संवत् सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख अर्याल

नेपाल संवत् सम्पूर्ण नेपालीको साझा सम्पदा होः सभामुख अर्याल