सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

प्रतिनिधिसभामा दुई विधेयक प्रस्तुत

२०८३ भाद्र २५, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २५ भदौः प्रतिनिधि सभामा ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गरिएको छ । आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले उक्त विधेयकहरु प्रस्तुत गर्नुभएको हो ।

यसैगरी बैठकले ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी प्रस्तावमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको थियो । उक्त विधेयक प्रस्तुत गर्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले छलफलमा सांसहरूका सुझाव निकै महत्वपूर्ण अएका बताउनुभयो । साथै उहाँले एसियाली मुलुकका धेरै विशेषता समान भएकाले अनुभव कानुन निर्माणमा सहयोगी हुने धारणा व्यक्त गर्नुभयो ।

प्रस्तावमाथिको छलफलमा सांसदहरू विक्रम थापा, कृष्णहरि बुढाथोकी, प्रकाशचन्द्र परियार, पुकार बम, रेनुका काउचा, रिमा विश्वकर्मा, मनमाया विक, अनुष्का श्रेष्ठ, प्रमिलाकुमारी गच्छदार, मोहनलाल आचार्य, यज्ञमणि न्यौपाने, रेखाकुमारी यादव, शाहजान खातुन, प्रेमबहादुर बयक, एसुदाकुमारी बराल, युवराज दुलाल, नरेन्द्रकुमार केरुङ, गणेशबहादुर विक, गुरुप्रसाद बराल, हरिमोहन भण्डरी र सादिजा खातुन सिद्धिकीले भाग लिँदै आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।

बैठकले राष्ट्रियसभाका पूर्वसदस्य शुक्रराज संयोकको निधनमा शोक प्रस्ताव पारित गर्दै उहाँको सम्मानमा बैठकमा एक मिनेट मौनधारण गरिएको थियो । उहाँ २०५४ सालमा नेपाली कांग्रेसबाट राष्ट्रिय सभा सदस्य बन्नुभएको थियो । प्रतिनिधिसभाको अर्काे बैठक यही भदौ २६ गते शुक्रबार दिउँसो १ः०० बजे बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव

विकास–निर्माण थाल्नुअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा सभामुखको जोड

सभामुख अर्याल र अध्यक्ष याङ्गबीच शिष्टचार भेट

सभामुख अर्यालसंग फ्रान्स–नेपाल संसदीय समूहका अध्यक्ष पिरोनको शिष्टाचार भेट

अध्यक्ष दाहालसँग फ्रान्स–नेपाल संसदीयमैत्री सामूहिक भेट

विकासका लागि साझा संवाद गरौँ: सभामुख अर्याल

सबै नागरिकले सुरक्षित महसुस गर्ने राज्य निर्माण गर्नु आजको आवश्यकता : सभामुख अर्याल

छठले सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता बलियो बनाओस् : सभामुख अर्याल

मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान

मधेस प्रदेशसभाको बैठक कात्तिक २८ गते आह्वान

नेपाल संवत् सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख अर्याल

नेपाल संवत् सम्पूर्ण नेपालीको साझा सम्पदा होः सभामुख अर्याल