सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रधानमन्त्री ओली अजरबैजान प्रस्थान

२०७६ कार्तिक ७, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजान प्रस्थान गरेका छन् ।

अजरबैजानको राजधानी बाकुमा आयोजना हुने असंलग्न आन्दोलन (नाम) का सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखको १८औँ शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली बिहिबार  मध्यान्ह त्यसतर्फ प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा बादल तथा नेकपाका महासचिव विष्णु पौडेल लगायतका नेताहरुले बिदाइ गरेका थिए ।

सो अवसरमा मन्त्रीहरु, सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुखहरु, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि लगायत विशिष्ट व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

यसैगरी प्रधानमन्त्री ओलीको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

शुक्रबार र शनिवार (कार्तिक ८ र ९ गते) हुन गइरहेको उक्त सम्मेलनमा सहभागी हुने प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी तथा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू सहभागी रहेका छन् ।

प्रधानमन्त्री नेतृत्वको २१ सदस्यीय प्रतिनिधिमण्डल कात्तिक १० गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

गणतन्त्रमा स्थानीय सरकारको महत्त्व र गरिमा व्यापक : राष्ट्रपति पौडेल

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपति जोड

मौजुदा मन्त्रिपरिषद् नियुक्ति, हेरफेर र कार्यविभाजन गरी पुनः गठन

राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारी नियुक्त

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, यस्तो छ पूर्णपाठ

राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत

विधिद्वारा स्थापित पद्धति र परम्परा पालना हुनुपर्छ: राष्ट्रपति

वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति

साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति