सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

भाषाविद् डा बन्धु सम्मानित

२०८३ असोज ८, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ८ असोजः त्रिभुवन विश्वविद्यालयको नेपाली केन्द्रीय विभागले नेपाली साहित्य, लोकसाहित्य तथा भाषा–व्याकरणका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउनुभएका प्रा डा चूडामणि बन्धुलाई सम्मान गरेको छ ।

विभागको ६७औँ स्थापना दिवसका अवसरमा कीर्तिपुरमा आयोजित कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले प्रा डा बन्धुलाई सम्मान गर्नुभएको हो । नेपाली साहित्य, लोकसाहित्य तथा भाषा–व्याकरणको अध्ययन, अनुसन्धान र प्रवर्द्धनमा डा बन्धुले राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा पुर्‍याउनुभएको योगदानको कदर गर्दै सम्मान गरिएको विभागका प्रमुख प्रा डा कृष्णप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

सो अवसरमा विभागबाट सेवा निवृत्त पूर्व विभागीय प्रमुखद्वय प्रा डा कृष्णप्रसाद घिमिरे र प्रा डा खगेन्द्रप्रसाद लुइँटेल तथा प्रा डा भरतकुमार भट्टराईलाई बिदाइ सम्मान गरिएको थियो ।

कार्यक्रममा विश्वविद्यालय क्याम्पसका प्रिन्सिपल, पूर्व विभागीय प्रमुख प्रा डा दयाराम श्रेष्ठ, भाषाविद् प्रा डा माधवप्रसाद पोखरेललगायत विभिन्न विभागका विभागीय प्रमुखको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन