सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द

२०८३ असोज ८, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मजुङ, ८ असोजः केही दिन मुलुकभर भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको नेपाल मौसम विज्ञान विभागले जनाएसँगै विपद्बाट हुनसक्ने जोखिम न्यूनीकरण तथा विद्यार्थी, शिक्षक र कर्मचारीको सुरक्षालाई दृष्टिगत गर्दै लमजुङका पाँच स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।

बेँसीसहर, सुन्दरबजार र मध्यनेपाल नगरपालिका तथा क्व्होलासोथार र दोर्दी गाउँपालिकाले आज छुट्टाछुट्टै सूचना जारी गरी विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । चार स्थानीय तहले शुक्रबार एक दिन विद्यालय बन्द गर्ने जनाएका छन् भने मध्यनेपाल नगरपालिकाले दुई दिन विद्यालय बन्द गर्ने जनाएको छ ।

विभागको विशेष मौसमी बुलेटिनअनुसार असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षा हुने सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात तथा हावाहुरी र चट्याङ पनि पर्न सक्ने पूर्वानुमान गरिएको छ ।

सोही अवस्थालाई मध्यनजर गर्दै शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यार्थी, बालबालिका, शिक्षक तथा कर्मचारी सुरक्षित रहने गरी आवश्यकताअनुसार असोज ८ र ९ गते विद्यालयमा बिदा गराउन स्थानीय तहलाई अनुरोध गरेको छ ।

बेँसीसहर नगरपालिकाले नगर क्षेत्रमा निरन्तर वर्षा भइरहेको र सम्भावित जोखिमलाई दृष्टिगत गर्दै सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो । नगरले उक्त बिदा अन्य बिदामा समायोजन गर्ने जनाएको छ । सुन्दरबजार नगरले पहिरो, भूक्षय जानसक्ने, खोलानाला बढ्ने, सडक अवरुद्ध हुनेलगायत जोखिमलाई ध्यानमा राख्दै सम्पूर्ण शैक्षिक संस्था सञ्चालन नगर्ने जनाएको छ ।

नगरपालिकाले अत्यावश्यक कामबाहेक टाढा तथा जोखिमयुक्त यात्रा नगर्न र जोखिम देखिएमा सुरक्षित स्थानमा सर्नका लागि तयार रहन पनि आग्रह गरेको छ । मध्यनेपाल नगरपालिकाले दुई दिन विद्यालय बन्द गर्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन तथा अत्यावश्यक कामबाहेक टाढाको यात्रा नगर्न अनुरोध गरेको छ ।

दोर्दी गाउँपालिकाले विद्यार्थी, शिक्षक तथा कर्मचारीको आवतजावतमा हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राखी गाउँपालिकाभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । उक्त बिदा शैक्षिक क्यालेन्डरको हिउँदे बिदाबाट एक दिन घटाई मिलान गर्ने र विद्यालयले सट्टा पठनपाठनको व्यवस्था मिलाउने जनाएको छ ।

क्व्होलासोथार गाउँपालिकाले पनि विद्यार्थी, शिक्षक तथा कर्मचारीको सुरक्षालाई प्राथमिकतामा राख्दै सम्पूर्ण विद्यालय एक दिन बन्द गर्ने जनाएको छ । गाउँपालिकाले बिदाको समयमा अनावश्यक रूपमा घरबाहिर ननिस्कन तथा बाढी, पहिरो, हिमपात, हावाहुरी र चट्याङको सम्भावित जोखिमबाट सुरक्षित रहन आग्रह गरेको छ ।

भारी वर्षासँगै बाढी, पहिरो, भूक्षय, खोलानालामा पानीको बहाव बढ्ने तथा सडक अवरुद्ध हुनसक्ने भएकाले स्थानीय तहहरूले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । जोखिमयुक्त नदी तथा खोलाका किनार र पहिरो सम्भावित क्षेत्रमा नजान तथा मौसम र विपद्सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा लिन पनि अनुरोध गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

फोहरलाई स्रोतका रूपमा उपयोग गर्न प्रेरित गर्दै ‘आरयू फेस्ट’

विकेन्द्रीकरण विस्तारको तयारीमा त्रिवि

त्रिविले खुलायो M.Ed. र MSSEd विद्यार्थीलाई परीक्षा केन्द्र रोज्ने सुविधा

प्रवासीको सहयोगमा विद्यालय भवन निर्माण

विद्यालयका निम्ति जग्गा खरिद गर्न देउसीभैलोबाट जुट्यो नौ लाख

चिनियाँ दूतावासले बलान बिहुलमा शैक्षिक तथा स्वास्थ्य सामग्री सहयोग

अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान

टर्कीका शिक्षामन्त्रीसँगै मन्त्री पोखरेलको विद्यालय अवलोकन : बालमैत्री र हरित शिक्षाका अभ्यासबारे चासो

जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौँ: शिक्षामन्त्री पोखरेल

निधि भवन राजर्षी जनक विश्वविद्यालयलाई हस्तान्तरण

गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्दै विद्यार्थी

त्रिविको जग्गा फिर्ता ल्याउनेदेखि शैक्षिक वातावरण सुधार्नेसम्मका विषयमा मन्त्रालयको चासो