
काठमाण्डौं : नारायणगढस्थित क्याम्पाचौरमा जारी टुबोर्ग जेसीज विकास रनिङ शिल्ड राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा नेपाल पुलिस क्लब र चितवन एघार भिड्ने भएका छन् ।
बिहीबार भएको दोस्रो सेमीफाइनलमा नेपाल पुलिस क्लब संकटा क्लबविच भएको खेलमा संकटालाई १–० गोलअन्तरले पछी पार्दै पुलिस क्लब फाईनलमा प्रबेश गरेको हो ।
पहिलो हाफ अघि बराबरी खेलेको पुलिसले खेलको दोस्रो हाफको ७२ औं मिनेटमा सौजन याक्खाले गोल गरे सो गोल नै निर्णायक गोल भए पश्चात पुलिस क्लब प्रतियोगिताको फाईनलमा प्रबेश गरेको हो ।
यही कात्तिक ९ गते शनिबारका दिन उपाधिका लागी चितवन एघार र पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछ ।
चितवन एघार त्रिभुवन आर्मी क्लबलाई २–१ ले पराजित गर्दै उपाधिको फाइनलमा प्रबेश गरेको हो ।