सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा

२०८३ असोज १४, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

तुलसीपुर (दाङ), १४ असोजः नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको आयुर्वेद शिक्षण अस्पतालको (बहिरङ विभाग) ओपिडी सेवा पुनः सञ्चालनमा आएको छ ।

कोरोना महामारीका बेला उक्त विभाग बन्द भएको थियो । ओपिडी बन्द हुँदा केन्द्रीय आयुर्वेद विद्यापीठमा आयुर्वेदमा स्नातक (बिएएमएस) अध्ययनरत विद्यार्थी प्रयोगात्मक अभ्यासका लागि अन्य अस्पतालमा जानुपर्ने बाध्यता थियो । अब त्यो अवस्थाको अन्त्य भएको विद्यापीठका प्राचार्य मङ्गलाकान्त झाले बताउनुभयो ।

उहाँका अनुसार विद्यार्थी प्रयोगात्मक अभ्यासका लागि प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरी, राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, राप्ती आँखा अस्पताल रक्षाचौरसहित अन्य बाहिरी जिल्लामा जानुपर्ने अवस्था थियो । शिक्षण अस्पतालमै प्रयोगात्मक अभ्यास हुने उहाँले बताउनुभयो । “ओपिडी बन्द हुँदा हामीले विद्यार्थीलाई इन्टर्नसीपका लागि बाहिर पठाउनु पथ्र्यो”, उहाँले भन्नुभयो, “अब त्यो समस्या हट्ने भयो ।”

ओपिडी सेवा सञ्चालनमा आएपछि विश्वविद्यालयलाई थप उपचारमा नेपाल संस्कृत विश्वविद्यालयले सहयोग गर्नेभएको छ ।

शिक्षाध्यक्ष प्रा डा जगन्नाथ रेग्मीले विश्वसमुदाय संस्कृत भाषा, आयुर्वेद, योग तथा प्राकृतिक चिकित्सातर्फ आकर्षित भइरहेको बताउनुभयो ।
विद्यापीठमा २०० विद्यार्थी अध्ययनरत छन् । हालसम्म २३३ जना विद्यार्थी उत्तीर्ण भइसकेका छन् । जसमध्ये २१५ जनाले चिकित्सकको सेवा गरिरहेका छन् ।

शिक्षण अस्पतालमा चिकित्सा, शल्य तन्त्र, शालाक्य तन्त्र, स्त्री तथा प्रसूति पञ्चकर्म सेवा, बालरोग सेवा, प्याथोलोजी तथा मानसरोग सेवा सञ्चालनमा छन् । केही समयपछि बिरामी भर्ना सेवा तथा स्वर्णबिन्दू प्रासन सेवा पनि सञ्चालन गर्नेगरी योजना बनाएको प्राचार्य झाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मनकामना धाममा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ५०० जनाले लिए सेवा

एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड

नेपालगञ्जमा रगत अभाव

रोग लाग्नै नदिने स्वस्थ्य वातावरण आवश्यकः स्वास्थ्यमन्त्री मेहता

लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा

कपालमा चाया किन पर्छ ? जान्नुहोस् मुख्य कारण र बच्ने उपाय

एमबीबीएसमा १० हजार ३२१ उत्तीर्ण, दुई हजार ७४५ सिटका लागि प्रतिस्पर्धा

भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो

गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा कुनै बहाना नगर्न आग्रह

विशेषज्ञ चिकित्सक अभावमा चौतारा अस्पतालको सेवा प्रभावित

प्रतिजैविक प्रतिरोध न्यूनीकरण गर्न साझा प्रयास आवश्यकः मन्त्री मेहता

जटिल प्रसूति समस्याकी गर्भवतीको हवाई उद्धार