सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

अभिभावक गुमाएका बालबालिकालाई आवासीय शिक्षा

२०८३ असोज १५, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मकवानपुर, १५ असोजः  भोटेकोशी बाढीका कारण अभिभावक गुमाएका बालबालिकाको शिक्षा, संरक्षण र भविष्य सुनिश्चित गर्न बागमती प्रदेश सरकारले आवासीय शिक्षा कार्यक्रम अघि बढाएको छ ।

विनाशकारी बाढीबाट अभिभावकविहीन बनेका बालबालिकालाई सुरक्षित आवाससहित कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने निर्णय कार्यान्वयनका लागि आवश्यक कार्यविधि संशोधन र व्यवस्थापनको प्रक्रिया अघि बढाइएको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री सरल सहयात्री पौडेलले जानकारी दिनुभयो ।

मन्त्री पौडेलका अनुसार मन्त्रालयले आवासीय शिक्षा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधिमा आवश्यक रायसहित सहमति दिएको छ । विपद्बाट प्रभावित बालबालिकाको वास्तविक अवस्था र आवश्यकतालाई सम्बोधन गर्ने गरी कार्यविधिलाई थप व्यावहारिक र प्रभावकारी बनाउन सुझाव दिइएको उहाँले बताउनुभयो ।

प्रदेश मन्त्रिपरिषद्ले यसअघि नै रसुवा, नुवाकोट, धादिङ र चितवनमा बाढी तथा विपद्का कारण अभिभावक गुमाएका बालबालिकाको शिक्षा, आवास र संरक्षणको जिम्मेवारी प्रदेश सरकारले लिने निर्णय गरेको थियो ।

बाढीका कारण बालबालिकाको पढाइ प्रभावित नहोस् र उनीहरूको भविष्य अन्योलमा नपरोस् भन्ने उद्देश्यले आवासीय शिक्षा कार्यक्रम सञ्चालन गर्न लागिएको हो । कार्यक्रमअन्तर्गत विद्यालय भर्ना र पढाइसँगै आवास, खानपान, स्वास्थ्य, सुरक्षा, संरक्षण, मनोसामाजिक सहयोग तथा निरन्तर हेरचाहको व्यवस्था गरिनेछ ।

प्रदेश सरकारले बाढीपछि अभिभावकविहीन बनेका बालबालिकाको विवरण सङ्कलन  गरिरहेको जनाएको छ । बाढीबाट घरबार तथा विद्यालय पनि प्रभावित भएका बालबालिकाको अवस्था पहिचान गरी आवश्यक सहयोग उपलब्ध गराउने तयारी गरिएको छ ।

प्रदेशको शिक्षा विकास निर्देशनालयले ‘सामुदायिक विद्यालयमा आवासीय कार्यक्रम व्यवस्थापन कार्यविधि, २०८३’ सार्वजनिक गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

फोहरलाई स्रोतका रूपमा उपयोग गर्न प्रेरित गर्दै ‘आरयू फेस्ट’

विकेन्द्रीकरण विस्तारको तयारीमा त्रिवि

त्रिविले खुलायो M.Ed. र MSSEd विद्यार्थीलाई परीक्षा केन्द्र रोज्ने सुविधा

प्रवासीको सहयोगमा विद्यालय भवन निर्माण

विद्यालयका निम्ति जग्गा खरिद गर्न देउसीभैलोबाट जुट्यो नौ लाख

चिनियाँ दूतावासले बलान बिहुलमा शैक्षिक तथा स्वास्थ्य सामग्री सहयोग

अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान

टर्कीका शिक्षामन्त्रीसँगै मन्त्री पोखरेलको विद्यालय अवलोकन : बालमैत्री र हरित शिक्षाका अभ्यासबारे चासो

जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौँ: शिक्षामन्त्री पोखरेल

निधि भवन राजर्षी जनक विश्वविद्यालयलाई हस्तान्तरण

गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्दै विद्यार्थी

त्रिविको जग्गा फिर्ता ल्याउनेदेखि शैक्षिक वातावरण सुधार्नेसम्मका विषयमा मन्त्रालयको चासो