सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

राष्ट्रियसभा बाढीपहिरोबाट क्षतिग्रस्त संरचना तत्काल मर्मत गर्न सांसदको आग्रह

२०८३ असोज १६, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, १६ असोज : राष्ट्रियसभाका सांसदहरूले बाढीपहिरोबाट क्षतिग्रस्त संरचना तत्काल मर्मत गर्न सरकारलाई आग्रह गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले बाढीपहिरोबाट क्षतिग्रस्त सडक तथा पुल तत्काल मर्मतसम्भार गर्न, प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन तथा विपद्बाट प्रभावित क्षेत्रमा आवतजावत सहज बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

शून्य समयमा बोल्दै सांसद गोमादेवी तिमिल्सिनाले भोटेकोशी बाढीबाट ठूलो धनजनको क्षति भएको उल्लेख गर्दै बाढीका कारण रोकिएका कन्टेनरलाई सम्बन्धित नाकासम्म लैजान आवश्यक सहजीकरण गर्न सरकारसँग माग गर्नुभयो ।

सांसद जगतबहादुर पार्कीले कञ्चनपुरको दादरा–चाँदनी पुल क्षतिग्रस्त हुँदा करिब ५० हजार जनसङ्ख्याको आवतजावतमा समस्या भएको उल्लेख गर्दै पुलको तत्काल मर्मतसम्भार गर्न माग गर्नुभयो ।

सांसद नरबहादुर विष्टले भोटेचौर क्षेत्रमा सडक सञ्जाल अवरुद्ध भएकाले तत्काल सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद भुवनबहादुर सुनुवारले दलितसम्बन्धी ऐन निर्माणको प्रक्रिया शीघ्र अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

सांसद युवराज शर्माले जलवायु न्यायका लागि नेपालले अन्तरराष्ट्रियस्तरमा बुलन्द आवाज उठाउनुपर्ने बताउनुभयो ।

सांसद राजेन्द्रलक्ष्मी गैरैले यही असोज ८ देखि ११ गतेसम्म आएको बाढीपहिरोका कारण अवरुद्ध सडक तथा बाटो तत्काल मर्मत गर्न र प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्नुभयो ।

सांसद सुरेशकुमार आलेमगरले दसैँको समयमा सर्वसाधारणको आवतजावत सहज बनाउन क्षतिग्रस्त सडक तथा बाटोघाटोको मर्मतसम्भार तत्काल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद मदनकुमारी शाह गरिमाले पनि शून्य समयमा समसामयिक विषयमा धारणा राख्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव

विकास–निर्माण थाल्नुअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा सभामुखको जोड

सभामुख अर्याल र अध्यक्ष याङ्गबीच शिष्टचार भेट

सभामुख अर्यालसंग फ्रान्स–नेपाल संसदीय समूहका अध्यक्ष पिरोनको शिष्टाचार भेट

अध्यक्ष दाहालसँग फ्रान्स–नेपाल संसदीयमैत्री सामूहिक भेट

विकासका लागि साझा संवाद गरौँ: सभामुख अर्याल

सबै नागरिकले सुरक्षित महसुस गर्ने राज्य निर्माण गर्नु आजको आवश्यकता : सभामुख अर्याल

छठले सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता बलियो बनाओस् : सभामुख अर्याल

मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान

मधेस प्रदेशसभाको बैठक कात्तिक २८ गते आह्वान

नेपाल संवत् सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख अर्याल

नेपाल संवत् सम्पूर्ण नेपालीको साझा सम्पदा होः सभामुख अर्याल