सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

खुल्लामञ्चमा कांग्रेसको १५औँ महाधिवेशन (तश्वीरमा हेर्नुहोस्)

२०८३ असोज १८, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौंको खुलामञ्चमा सुरु भएको छ। यसपटक कांग्रेसले विगतका महाधिवेशनभन्दा फरक शैली अपनाउँदै भड्किलो तामझाम र ठूला जुलुसलाई प्राथमिकता नदिई सरल ढङ्गले महाधिवेशन आयोजना गरेको छ।

भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको जनधनको क्षतिलाई ध्यानमा राख्दै महाधिवेशनलाई सकेसम्म सादगीपूर्ण बनाउने निर्णय कांग्रेसले गरेको हो। त्यसैअनुसार महाधिवेशनअघि विगतमा जस्तो ठूलो प्रदर्शन तथा जुलुससहितका कार्यक्रम आयोजना गरिएनन्।

खुलामञ्चमा आयोजित उद्घाटन समारोहमा कांग्रेस सभापति गगन थापा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त रूपमा महाधिवेशन उद्घाटन गरेका छन्।

उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका नेताहरूले सम्बोधन गरिरहेका छन्। कार्यक्रममा कांग्रेसका नेता, कार्यकर्ता तथा महाधिवेशन प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको छ।

खुलामञ्चको दर्शक दीर्घा कांग्रेसका नेता–कार्यकर्ता तथा प्रतिनिधिहरूले भरिएको छ। महाधिवेशनस्थलमा सहभागीहरूको उपस्थितिले नयाँ नेतृत्व चयनका लागि कांग्रेसभित्र देखिएको उत्साहसमेत झल्काएको छ।

महाधिवेशनले पार्टीको आगामी नेतृत्वसँगै संगठन, नीति तथा राजनीतिक दिशाबारे पनि महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ। सादगीपूर्ण रूपमा सुरु गरिएको यसपटकको महाधिवेशनलाई कांग्रेसले प्राकृतिक विपत्तिको संवेदनशीलतालाई ध्यानमा राख्दै नेतृत्व चयन र नीति निर्माणमा केन्द्रित गर्ने प्रयासका रूपमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मधेशमा सरकार गठन अन्योलमा, समयसीमा थप्न तीन दलको आग्रह

सक्षम स्थानीय तहबाटै सङ्घीयताको अनुभूति हुन्छ : अध्यक्ष ओली

राजेन्द्र लिङ्देनलाई चुनौती दिँदै ज्ञानेन्द्र शाहीले गरे अध्यक्षमा उम्मेदवारी घोषणा

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मङ्गलबार बस्ने

एमाले राष्ट्रिय भेलाबाट २१ बुँदे विशेष प्रस्ताव र संकल्प पारित

समाजलाई सबै प्रकारका भ्रमबाट मुक्त गर्नुपर्छः अध्यक्ष ओली

निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ: वरिष्ठ नेता भण्डारी

जनताका समस्या समाधानमा एकता कायम गर्नुपर्ने–बादल

उपाध्यक्ष पौडेलद्वारा एमाले नेतृत्वको सरकारका उपलब्धि प्रस्तुत

रास्वपा प्रतिनिधिमण्डलद्वारा सहकार्यको प्रस्ताव

एमालेको राष्ट्रिय भेलाः जनजीवनदेखि पार्टीभित्रका समस्या केलाइँदै

एमालेको राष्ट्रिय कार्यकर्ता भेला सुरु