सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

भीमदत्तको छात्रवृत्तिमा प्राविधिक शिक्षा अध्ययनमा चासो

२०८३ असोज १९, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

महेन्द्रनगर, १९ असोजः भीमदत्त नगरपालिकाले तीन वर्षअघि जेहेन्दार छात्र ललित सार्कीलाई एमबीबीएस अध्ययन गर्न छात्रवृत्ति प्रदान गर्यो ।

स्थानीय जिमुवाका पारिवारिक रुपमा आर्थिक अवस्था कम्जोर मेधावी विद्यार्थी सार्कीले घरमै स्वअध्ययन गरी एमबीबीएस नाम निकाल्न सफल भएको घटनाले त्यस बेला निकै चर्चा पाएको थियो । अहिले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तेस्रो बर्षमा अध्ययनरत सार्कीलाई भीमदत्त नगरपालिकाले उच्च शिक्षा अध्ययन छात्रवृत्तिबाट रु दुई लाख प्रदान गरिरहेको छ ।

“भीमदत्त नगरपालिकाले सम्मानसहित छात्रवृत्ति रकम गत वर्ष पनि दिएको छ ।” एमबीबीएस अध्ययनरत सार्कीले रासससित भन्नुभयो, “छात्रवृति रकमले अध्ययनका लागि शैक्षिक सामग्री र अन्य खर्च व्यवस्थापनमा सहजता मिलेको छ ।” उक्त नगरपालिका शिक्षा शाखाका अधिकृत कलावती मिश्र भट्टले एमबीबीएस अध्ययनरत दुई जना विद्यार्थीलाई पालिकाबाट रु दुई लाखका दरले छात्रवृत्ति रकम प्रदान गरिरहेको जानकारी दिनुभयो ।

त्यहाँबाट छात्रवृत्ति प्राप्त सार्कीसँगै भीमदत्त नगरपालिकाकै अर्का विद्यार्थी लोकेश भट्ट पनि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययरत हुनुहन्छ । उक्त नगरपालिकाले स्थानीय गरिब तथा जेहेन्दार विद्यार्थीलाई प्रदान गर्दै आएको छात्रवृत्तिले अध्ययनमा सहजता मिलेको छ ।

जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेपछि भीमदत्त नगरपालिकाका अमृता मल्ल नेपाल वेष्र्टन एकेडेमीमा बिबिएस अध्ययनरत हुनुहुन्छ । उहाँलाई छात्रवृत्ति स्वरुप रु ५० हजार प्रदान गरिएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।

यसैबीच, गत आर्थिक वर्षदेखि नगरपालिकाले उच्च शिक्षामा महिलाको पहुँच वृद्धि गर्ने भन्दै ‘छोरी बुहारी उच्च शिक्षा अध्ययन छात्रवृत्ति’ कार्यक्रम सञ्चालन गरेको छ । नगरपालिकाका उपप्रमुख निलम लेखक जोशीले उक्त कार्यक्रमबाट हाल सात जना छोरी बुहारीलाई छात्रवृत्ति प्रदान गरिएको जानकारी दिनुभयो । गत वर्ष सात जना छोरी बुहारीलाई अध्ययनका लागि रु चार लाख ५० हजार छात्रवृत्ति रकम वितरण गरिएको उपप्रमुख लेखक बताउनुभयो ।

“आर्थिक अभावका कारण कोही पनि छोरी बुहारी अध्ययनबाट वञ्चित हुन नपरोस् भनी यो कार्यक्रम ल्याएका हौँ ।” उहाँले भन्नुभयो–“ शिक्षा र स्वास्थ्यमा नगरपालिकाले बजेट पनि प्राथमिकता दिएर ल्याएको छ ।” नगरपालिकाले छात्रवृत्ति प्रदान गरेका विद्यार्थी प्राविधिक शिक्षा अध्ययनलाई जोड दिइरहेका छन् । सोही अनुरुप एमबीबीएस अध्ययन गर्न दुई जनालाई जनही रु दुई लाख र इञ्जिनियरिङ पढ्न तीन जनालाई जनही रु एक लाख छात्रवृत्ति स्वरुप प्रदान गरेको हो ।

त्यस्तै नर्सिङ, फार्मेसी, विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकीलगायत अन्य सङ्कायमा अध्ययन गर्ने विद्यार्थीलाई पनि पालिकाले जनही रु ५० हजारका दरले छात्रवृति प्रदान गरेको छ । छोरी बुहारी उच्च छात्रवृत्ति पाउनेमा नगरपालिकाभित्र बसोबास गर्ने विमला टमटा, रमिता तिवारी, रश्मि भट्ट, श्रृजना जोशी सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययरत हुनुहुन्छ । त्यस्तै छात्रवृति प्राप्त प्रकृति भट्ट, सपना जोशी र सोनिया चन्द जिल्लाबाहिर अध्ययनरत रहेको भीमदत्त नगरपालिका कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

फोहरलाई स्रोतका रूपमा उपयोग गर्न प्रेरित गर्दै ‘आरयू फेस्ट’

विकेन्द्रीकरण विस्तारको तयारीमा त्रिवि

त्रिविले खुलायो M.Ed. र MSSEd विद्यार्थीलाई परीक्षा केन्द्र रोज्ने सुविधा

प्रवासीको सहयोगमा विद्यालय भवन निर्माण

विद्यालयका निम्ति जग्गा खरिद गर्न देउसीभैलोबाट जुट्यो नौ लाख

चिनियाँ दूतावासले बलान बिहुलमा शैक्षिक तथा स्वास्थ्य सामग्री सहयोग

अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान

टर्कीका शिक्षामन्त्रीसँगै मन्त्री पोखरेलको विद्यालय अवलोकन : बालमैत्री र हरित शिक्षाका अभ्यासबारे चासो

जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौँ: शिक्षामन्त्री पोखरेल

निधि भवन राजर्षी जनक विश्वविद्यालयलाई हस्तान्तरण

गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्दै विद्यार्थी

त्रिविको जग्गा फिर्ता ल्याउनेदेखि शैक्षिक वातावरण सुधार्नेसम्मका विषयमा मन्त्रालयको चासो