सदाबहार खबरको रफ्तार ....
असोज १०, २०८० बुधबार
September 27, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पेट्रोलीयम व्यवसायी हत्याको बिरोधमा जनकपुरधामका सम्पुर्ण पम्पहरु बन्द हुने

२०७६ कार्तिक ८, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : पेट्रोल पम्प सञ्चालक मनोज साहको गोली हानी हत्या गरिएको बिरोधमा नेपाल पेट्रोलीयम डिलर्स राष्ट्रिय एशोसिएसनले शनिबार जनकपुरधामका सम्पुर्ण पेट्रोल पम्पहरु बन्द गर्ने घोषणा गरेको छ ।

संवेदनशील पेट्रोलीयम पदार्थको क्षेत्रका व्यवसायीहरु असुरक्षित रहेको भन्दै शनिवार जनकपुरधाम अन्तर्गत रहेका पेट्रोल पम्पबाट पेट्रोलियम पदार्थ विक्रि वितरण नगर्ने एशोसिएसनले जनाएको हो ।

यस्तै शनिबार प्रदेश नम्बर २ अन्तर्गत रहेका पाँच जिल्ला (महोत्तरी, सर्लाही, रौतहट, बारा,पर्सा)हरुमा दुई घण्टाको लागि पेट्रोलयम पदार्थ विक्री वितरण ठप्प पार्ने एशोसिएसनका अध्यक्ष लिलेन्द्र प्रसाद प्रधानले बताएका छन् ।

हत्यामा संलग्न पंकज चौधरीलाई प्रहरीले बुधबार नै पक्राउ गरेको छ ।

निर्माण व्यवसायी पंकज चोधरीले मनोजको सपहीस्थित न्यू शिव आयल स्टोर्सबाट आठ लाख रुपैयाँ बराबरको डिजेल उधारो लिएका थिए । सो रकम लेनदेनको विवादमा गोली हानिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

ईः अभियन्ता र काठमाडौं महानगरपालिकाबीचको वार्ता निष्कर्षविहीन

कोशी प्रदेशको मन्त्रीमण्डल विस्तार (सूचीसहित)

‘क्रान्तिकारी प्रेस सङ्गठन’ को संयोजकमा कमल बुढा निर्वाचित

लुम्बिनीको मुख्यमन्त्रीका राजनीतिक सल्लाहकारमा बस्नेत

प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान

चौथोदिनसम्म त्रासमा मलङ्गवावासी, कर्फ्यु कायमै

‘प्रोक्युरमेन्ट क्लिनिक’मा सबै स्थानीय तहलाई समेटिने

प्रधान सेनापति शर्मा भोली आइतबार नयाँ दिल्ली जानुुहुँदै

योगदानमा आधारित हुने अवकाश कोषको भुक्तानीमा ५ प्रतिशत मात्रै कर लाग्ने सर्वोच्चको फैसला

एसियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेण्ट बैंकको बैठकमा सहभागी हुन अर्थमन्त्री महत इजिप्ट प्रस्थान

पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’को निधन

सरकार र आन्दोलनरत शिक्षकहरूबीचको दोस्रो चरणको वार्ता शुरु