सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

तीन नम्बर प्रदेशको राजधानी नुवाकोट बनाउन माग गर्दै राप्रपा (संयुक्त)ले बुझायो ज्ञापनपत्र

२०७६ कार्तिक ८, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौ : राप्रपा (संयुक्त)ले प्रदेश नं ३ को राजधानी नुवाकोट बनाउन माग गरेको छ । नुवाकोटलाई प्रादेशीक राजधानी तोक्न माग गर्दै राप्रपाले जिल्ला प्रशासन कार्यालय नुवाकोटमा ज्ञापनपत्र वुझाएको हो ।

प्रमुख जिल्ला अधिकारी मार्फत प्रदेश ३ का मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाईएको सो पार्टिका केन्द्रिय प्रवक्ता जनकराज पाठकले बताएका छन् ।

नुवाकोट चीन निर्यात गर्ने समान उत्पादन गर्न बिशेष आर्थिक क्षेत्र निर्माण गर्नको लागि चाहिने पानी, बिजुली, राष्ट्रिय र अन्तराष्ट्रिय राजमार्ग नुवाकोटमा उपलब्ध हुने राप्रपाको दावी छ ।

नुवाकोट खाद्यान्न निर्यात गर्ने जिल्ला रहेको र आगामी दिनमा चीनसँग जोड्ने सुरुङ्गमार्ग बनेपछि प्रमुख राष्ट्रिय र अन्तराष्ट्रिय बजारसँग यातातातको सुबिधा अझ व्यापक र सस्तो हुने माग पत्रमा उल्लेख गरिएको छ ।

विभिन्न कारण सहित नुवाकोट देशको पहाडी क्षेत्रको मूल औद्योगिक थलो हुनसक्ने भन्दै राप्रपा संयुक्तले नुवाकोट जिल्लालाई प्रदेश ३ को राजधानी बनाउन माग गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सर्वोच्च अदालतको पूर्ण बैठकः पूर्वन्यायाधीश प्रधानको योगदानको स्मरण

लोकतन्त्रको संरक्षणमा सञ्चारकर्मी चनाखो हुनुपर्छ : अध्यक्ष शर्मा

प्रतिपक्षीको विरोधका कारण बैठक अवरुद्ध भएपछि १५ मिनेटलाई स्थगित

आयोजना बैंकका योजना मात्र बजेटमा समेटिने : मुख्यमन्त्री आचार्य

कोशी प्रदेश लोकसेवा आयोगमा दुई नयाँ सदस्य नियुक्त

प्रतिनिधिसभाः प्रविधि विकासका लागि बजेट निनियोजन गर्न माग

प्रतिनिधिसभाः हुम्ला र बाजुराको सीमा विवाद समाधान खोज्न सरकारसँग माग

थप ३०४ जना सहकारी पीडितले फिर्ता पाए बचत

प्रसाईं पक्राउबारे लिखित जवाफ माग

धार्मिक पर्यटकीयस्थलका रुपमा सुनसरी क्षेत्रः मुख्यमन्त्री कार्की

मधेस प्रदेशमा नेपाली कांग्रेस नेतृत्वकै सरकार रहन्छ : सभापति थापा

‘जिडिपी’ मा सुदूरपश्चिमको योगदान सात प्रतिशत पुग्ने अनुमान