सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

२०८३ कार्तिक ५, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सेन्ट पिटर्सबर्ग (रुस), ५ कात्तिक (रासस÷एएफपी) : रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न सैद्धान्तिक सहमति जनाएको छ । तर, अमेरिकी राजदूत स्टिभ विटकफले राष्ट्रपति भ्लादिमिर पुटिनसमक्ष प्रस्तुत गरेको युक्रेन र युरोपको शान्ति प्रस्तावमा पर्याप्त सार नभएको भन्दै मस्कोले युद्ध अन्त्यको सम्भावनाप्रति आशङ्का व्यक्त गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य गर्न आफूहरू अहिलेसम्मकै नजिक पुगेको बताउनुभएको छ । पुटिनसँग तीन घण्टा वार्ता गर्नुभएका विटकफले छलफल रचनात्मक भए पनि महत्त्वपूर्ण काम बाँकी रहेको बताउनुभयो । क्रेमलिनका सहयोगी युरी उशाकोभका अनुसार रुस नोभेम्बरको मध्यतिर वार्ता पुनः सुरु गर्न तयार छ र युद्धपछिको सुरक्षा व्यवस्थालाई प्राथमिकता दिन चाहन्छ ।

यसैबीच, युक्रेनमा रुसी आक्रमण जारी छ । राजधानी किएभमा दुई जनासहित कम्तीमा चार जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन् । पूर्वी खार्किभ क्षेत्रमा एक वृद्ध दम्पतीको पनि मृत्यु भएको छ । यता, रुसी कब्जामा रहेको लुगान्स्क क्षेत्रमा युक्रेनी ड्रोन आक्रमणमा दुई जनाको मृत्यु भएको रुसी अधिकारीहरूले दाबी गरेका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले पनि त्रिपक्षीय वार्ता पुनः सुरु गर्ने प्रस्तावलाई समर्थन गर्नुभएको छ । ओस्लोमा विटकफसँग भएको भेटमा अमेरिका र युक्रेनबीचको मतभेद कम गर्ने प्रयास गरिएको थियो । वार्तामा ट्रम्पका ज्वाइँ जारेड कुसनरले पनि टाढाबाट सहभागिता जनाउनुभएको थियो ।

यसअघि ट्रम्पले सन् २०२५ जनवरीमा युद्ध २४ घण्टाभित्र अन्त्य गर्ने वाचा गर्नुभएको थियो । तर, अमेरिकी नेतृत्वमा भएका वार्ताले ठोस सफलता हासिल गर्न सकेका छैनन् । रुसले डिजेल बिक्रीसम्बन्धी सम्झौता गरेको भन्दै ट्रम्पले प्रतिबन्ध लगाउने निर्णय पछि सार्नुभएको छ । युक्रेनका लागि भाडाका सैनिकका रूपमा लडेको आरोपमा सन् २०२२ देखि रुसी हिरासतमा रहेका अमेरिकी नागरिक तथा अवकासप्राप्त शिक्षक स्टिफन हबार्डको रिहाइ सुनिश्चित गर्न रुसमाथि प्रतिबन्ध लगाउने निर्णय रोक्नुपरेको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभएको छ । उक्त सम्झौताले अमेरिकी इन्धनको मूल्य घटाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।

यसैबीच, पुटिनले हिरासतमा रहेका अमेरिकी नागरिक स्टिफन हबार्डलाई रिहा गर्न सहमति जनाउनुभएको छ । अमेरिकी दूत विटकफले त्यसका लागि पुटिनको प्रशंसा गर्नुभयो । क्रेमलिनका अनुसार आगामी महिना चीनको सेन्जेनमा रुस, अमेरिका र चीनका राष्ट्रपतिबीच शिखर बैठक गर्ने तयारीसमेत भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रहरी कर्मचारीका गुनासा सुन्न केन्द्रीय डेस्क स्थापना

नेपाली सेनाले जनताको सूचनाको हकको सम्मान गर्छः प्रवक्ता श्रेष्ठ

सहायक रथी राजेन्द्र श्रेष्ठले सम्हाले नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

सहकारी ठगी मुद्दामा नेपाली सहित सात जनालाई कैद र जरिवाना

जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता

कानुनी व्यवस्था मिलाएर पीडितलाई राहत दिन्छौँ: सभामुख अर्याल

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अन्तर्राष्ट्रिय सम्मान, १२६ जनाले पाए यूएन पदक

नेपालको ऋण मुक्तिको सङ्कल्पले महालक्ष्मी विशेष साधना

‘विपदमा संगठनको नेतृत्वदायी भूमिका राज्यको विपद् प्रतिकार्य क्षमताको महत्त्वपूर्ण आधार बनेको छ’ : नेपाली सेना

काठमाडौँ महानगरद्वारा ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा भिडियो प्रतियोगिता

‘नमस्कार, मेरा चिनियाँ डाक्टर’ वृत्तचित्र प्रदर्शनी