सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु

२०८३ कार्तिक ९, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

किन्शासा, ९ कात्तिक (रासस/क्युएनए) : प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) का स्वास्थ्य अधिकारीहरूले इबोला रोगको फैलावट नियन्त्रण गर्ने प्रयासस्वरूप नयाँ खोपको परीक्षण सुरु गरेको घोषणा गरेका छन् । परीक्षणबाट खोपको सुरक्षा र प्रभावकारिता मूल्याङ्कन गर्नुका साथै यसको प्रयोगका लागि उपयुक्त समूह पहिचान गरिनेछ ।

परीक्षणका विभिन्न चरणमा खोपका सम्भावित दुष्प्रभावसमेत निगरानी गरिनेछ । विशेषज्ञहरूले परीक्षण सुरु हुँदैमा खोप सामान्य प्रयोगका लागि स्वीकृत भएको वा यसको प्रभावकारिता प्रमाणित भइसकेको अर्थ नलाग्ने स्पष्ट पारेका छन् । खोपको प्रभावकारिताबारे निष्कर्ष निकाल्न क्लिनिकल अध्ययनका विभिन्न चरणमा सङ्कलन गरिएको तथ्याङ्क विश्लेषण गर्नुपर्नेछ ।

स्वास्थ्य अधिकारीहरूले सङ्क्रमितको पहिचान र निगरानी, बिरामीलाई अलग राख्ने, उनीहरूको सम्पर्कमा आएका व्यक्तिको खोजी तथा जनचेतनामूलक अभियानलाई निरन्तरता दिइरहेका छन् । भाइरसको प्रसार नियन्त्रण गर्न यी उपाय महत्त्वपूर्ण मानिन्छन् । साथै, अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीलाई आवश्यक सामग्री उपलब्ध गराउने काम पनि भइरहेको छ ।

डीआर कङ्गोले गत मे महिनाको मध्यतिर इबोला प्रकोप घोषणा गरेको थियो । इबोला अत्यन्त घातक रोग हो, जसले विगत ५० वर्षमा अफ्रिकामा १५ हजारभन्दा बढी मानिसको ज्यान लिइसकेको छ । नयाँ खोपको परीक्षणलाई प्रकोप नियन्त्रणका लागि भइरहेका प्रयासको एउटा महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रहरी कर्मचारीका गुनासा सुन्न केन्द्रीय डेस्क स्थापना

नेपाली सेनाले जनताको सूचनाको हकको सम्मान गर्छः प्रवक्ता श्रेष्ठ

सहायक रथी राजेन्द्र श्रेष्ठले सम्हाले नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

सहकारी ठगी मुद्दामा नेपाली सहित सात जनालाई कैद र जरिवाना

जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता

कानुनी व्यवस्था मिलाएर पीडितलाई राहत दिन्छौँ: सभामुख अर्याल

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अन्तर्राष्ट्रिय सम्मान, १२६ जनाले पाए यूएन पदक

नेपालको ऋण मुक्तिको सङ्कल्पले महालक्ष्मी विशेष साधना

‘विपदमा संगठनको नेतृत्वदायी भूमिका राज्यको विपद् प्रतिकार्य क्षमताको महत्त्वपूर्ण आधार बनेको छ’ : नेपाली सेना

काठमाडौँ महानगरद्वारा ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा भिडियो प्रतियोगिता

‘नमस्कार, मेरा चिनियाँ डाक्टर’ वृत्तचित्र प्रदर्शनी