सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

सीमामा जब ‘अल्फा’ ले नियमित जाँच सुरु गर्‍यो…

२०८३ कार्तिक ९, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

महेन्द्रनगर, ९ कात्तिक : सशस्त्र प्रहरी बल नेपालले सुदूरपश्चिममा पहिलो पटक पश्चिमी नाका गड्डाचौकीमा नियमित जाँचका लागि दुई वटा तालिम प्राप्त कुकुरसहितको प्राविधिक जनशक्ति खटायो ।

सीमा सुरक्षा गुल्म गड्डाचौकीमा ‘केनाइन शाखा’ नै स्थापना गरी गत कात्तिकको पहिलो सातादेखि नै गड्डाचौकीमा लेब्राडोर ‘अल्फा’ नामगरेको फिमेल डग र जर्मन सेफड जातको ‘डेल्टा’ ले काम सुरु गरेयता सुरक्षा सर्तकतामा थप सघाउ पुगेको छ । सशस्त्र प्रहरी बल नं. ३५ गण शैलेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देलले तालिम प्राप्त कुकुरबाट नियमित भइरहेको चेकजाँच प्रभावकारी भएको बताउनुभयो ।

“लागुपदार्थ जाँच गर्ने ‘अल्फा’ ले दुई जना अभियुक्तलाई लागुऔषधसहित पक्राउ गरेको छ”, सशस्त्र प्रहरी उपरीक्षक सिग्देलले भन्नुभयो, “भारतबाट लुकाएर नेपाल भित्र्याइरहेको लागुऔषधसहित हामीले दुई जनालाई अल्फाको सहायताले पक्राउ गरी थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयलाई बुझाएका छौँ ।” जर्मन सेफडले सीमामा हातहतियार र विस्पोटक पदार्थ जाँच गर्ने र लेब्राडोर अल्फाले लागुपदार्थ जाँच गरिरहेको छ । कञ्चनपुरमा पछिल्लो समय लागुऔषधको अवैध कारोबार र ओसारपसारका घटना बढिरहेका बेला सीमामा सशस्त्र प्रहरीले परिचालन गरेको कुकुरसहितको टिम यसको न्यूनीकरणका लागि सहयोगी बन्ने देखिएको छ ।

सशस्त्र प्रहरी बलले गड्डाचौकीमा स्थापना गरेको केनाइन युनिट पाँचाँै शाखा हो । “यसले नेपाल–भारत सीमा क्षेत्रमा हुने अपराधिक गतिविधिमाथि निगरानी बढाउनुका साथै न्यूनीकरणमा जोड दिनेछ”, सिग्देलले भन्नुभयो, “ सीमामा कुकुर तालिका अनुसार खटिएका हुन्छन् ।”

यहाँ सशस्त्र प्रहरी सहायक निरीक्षक जगदिश भट्टको कमाण्डमा पाँच जनाको तालिम प्राप्त दक्ष जनशक्ति खटिएको सशस्त्र प्रहरी बलले जनाएको छ । सशस्त्र प्रहरी उपरीक्षक सिग्देलका अनुसार तीन दिनअघि गड्डाचौकी नाकामा लागुऔषधसहित बेदकोट नगरपालिका–९ सुन्दरपुरका ३१ वर्षीय हरकेश पाललाई ‘अल्फा’ को सहायतामा पक्राउ गरिएको छ । पालको साथबाट लागुऔषध पक्राउ गरी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाएको थियो ।

त्यसैगरी कात्तिकको पहिलो साता लेब्राडोर अल्फा नाम गरेको फिमेल डगको सहायताले कैलाली घोडाघोडी नगरपालिका–६ का २४ वर्षीय विक्रम मिजारले मुखभित्र लुकाइछिपाइ राखेको खैरो हिरोइनसहित पक्राउ गरेको थियो । “मुखमा लुकाएर राखेको ०.१६ ग्राम खैरोहिरोइनसहित पक्राउ गरी कारबाहीका लागि प्रहरीमा बुझायौँ ।”

सिग्देलले भन्नुभयो, “अल्फा र डेल्टाको नियमित जाँचले अपराध नियन्त्रणमा थप बल पुगेको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रहरी कर्मचारीका गुनासा सुन्न केन्द्रीय डेस्क स्थापना

नेपाली सेनाले जनताको सूचनाको हकको सम्मान गर्छः प्रवक्ता श्रेष्ठ

सहायक रथी राजेन्द्र श्रेष्ठले सम्हाले नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

सहकारी ठगी मुद्दामा नेपाली सहित सात जनालाई कैद र जरिवाना

जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता

कानुनी व्यवस्था मिलाएर पीडितलाई राहत दिन्छौँ: सभामुख अर्याल

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अन्तर्राष्ट्रिय सम्मान, १२६ जनाले पाए यूएन पदक

नेपालको ऋण मुक्तिको सङ्कल्पले महालक्ष्मी विशेष साधना

‘विपदमा संगठनको नेतृत्वदायी भूमिका राज्यको विपद् प्रतिकार्य क्षमताको महत्त्वपूर्ण आधार बनेको छ’ : नेपाली सेना

काठमाडौँ महानगरद्वारा ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा भिडियो प्रतियोगिता

‘नमस्कार, मेरा चिनियाँ डाक्टर’ वृत्तचित्र प्रदर्शनी