सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँइको राशिफल

२०८३ कार्तिक १०, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मेष : भावनात्मक उतारचढाव अनुभूति हुनसक्छ । स्वाभिमान र क्रोधको सन्तुलनमा ध्यान दिनु आवश्यक छ । अधिकारको विषयमा टकराव हुनसक्छ । तर, मानसिक दृढताले परिस्थिति अनुकूल बनाउन सकिनेछ ।

वृष : आत्मकेन्द्रित सोच र व्यक्तिगत अधिकारको रक्षा गर्ने भावना जागृत हुनेछ । सन्तान वा जीवनसाथीसँग सम्बन्धमा सुधार आउनेछ । नयाँ योजनाको सुरुवात नगर्नु राम्रो हुनेछ ।

मिथुन : गोप्य शत्रुहरूबाट सावधान रहनुपर्ने दिन हो । स्वास्थ्यमा असहजता वा थकान महसुस हुनसक्छ । मानसिक तनावले ध्यान विचलित गराउन सक्छ ।

कर्कट : सामाजिक वृत्तमा प्रतिष्ठा बढ्ने सम्भावना छ । प्रेमप्रसंगमा सहजता आउनेछ । समूहमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सकिनेछ । सन्तान पक्षबाट हर्षका खबरहरू आउन सक्छन् ।

सिंह : घरपरिवारका जिम्मेवारीमा समय दिनुपर्नेछ । सम्पत्तिसम्बन्धी विवाद वा विचारले सताउन सक्छ । माता वा महिला व्यक्तिसँग टकराव नहोस् भन्न सतर्क रहनु उपयुक्त हुन्छ ।

कन्या : दूरदर्शिता र कल्पनाशक्ति राम्रो रहनेछ । यात्राको योग बन्न सक्छ । धार्मिक वा सांस्कृतिक छलफलमा भाग लिन सकिनेछ । भाइबहिनी वा आफन्तसँग नजिकको सम्बन्ध बलियो बन्नसक्छ ।

तुला : आर्थिक पक्षमा मिश्रित फल प्राप्त हुनेछ । खर्च बढ्नेछ, तर सोचेको काममा प्रगति हुनेछ । परिवारमा रमाइलो वातावरण बन्ने सम्भावना छ । सौन्दर्य, कला र संगीतमा रुचि बढ्नेछ ।

वृश्चिक : आत्मबल र अभिव्यक्ति क्षमता बढ्नेछ । निर्णय शक्ति सबल हुनेछ । नयाँ सम्बन्ध वा सम्झौताका लागि समय ठीक देखिन्छ । प्रेम र पेसा दुवैमा उत्साहको संकेत छ ।

धनु : एकान्त मनोवृत्ति बढ्न सक्छ । पुराना दुःख वा संकोच पुनः मनमा आउनेछन् । भित्री असन्तुलनले निर्णय क्षमतामा प्रभाव पार्नसक्छ ।

मकर : मित्रता र समूहमूलक कार्यमा सफलता मिल्नेछ । योजना र सहकार्यमा राम्रो सन्तुलन आउनेछ । सानो मुनाफा वा लाभ मिल्नसक्छ ।

कुम्भ : पेसा र सामाजिक प्रतिष्ठामा वृद्धि हुने योग छ । पदोन्नति वा उच्च व्यक्तिसँग भेटवार्ताको सम्भावना हुनेछ । आत्मप्रदर्शन गर्ने मौका मिल्नेछ ।

मीन : धार्मिक भावना र दर्शनमा झुकाव रहनेछ । अध्ययन र चिन्तनमा सफलता मिल्नेछ । तर परदेश वा उच्च शिक्षासम्बन्धी कुरामा केही अवरोध आउन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पाल्पाको सत्यवती मेला आजदेखि सुरु

चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

हरिबोधनी एकादशीमा तुलसी विवाह, चतुर्मास सकिएसँगै शुभकार्य सुरु

आस्था र परम्पराको सङ्गम लड्केश्वर मेला

कार्तिक शुक्ल एकादशीः तुलसी–दामोदरको विधिपूर्वक विवाह गरिँदै

आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?

आजको राशिफल : १२ राशिमध्ये कसलाई मिल्दैछ भाग्यको साथ, कसलाई रहनुपर्ला सावधान ?

आज कुष्माण्ड नवमी

नमोबुद्ध जात्रा : करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला

आज बुधबार, कुन राशिका लागि कति शुभ ? हेर्नुहोस् राशिफल

मुक्तिनाथ रथयात्रा सम्पन्न, आजदेखि एकमहिने महायज्ञ सुरु हुँदै

आज मंगलबार, गणेशको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँइको राशिफल