शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाडौं। प्रधान सेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति हुनुभएका पूर्णबहादुर खत्रीलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ ।
खत्री सहायक रथीबाट उपरथी दर्जामा बढुवा हुनुभएको हो ।
जङ्गी अड्डामा आयोजित एक विशेष कार्यक्रममा प्रधान सेनापति सिग्देलले महासेनानी दर्जामा पदोन्नति हुनुभएका अन्य तीन जना प्रमुख सेनानीहरूलाई समेत दर्ज्यानी चिह्न प्रदान गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
