सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

भक्तपुरमा बिहीबारदेखि रोटरी पुस्तक प्रदर्शनी

२०८३ कार्तिक ११, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ११ कात्तिकः पठन संस्कृतिको प्रवर्द्धन तथा विद्यार्थीमा अध्ययन गर्ने बानीको विकास गर्ने उद्देश्यले भक्तपुरमा ‘रोटरी पुस्तक प्रदर्शनी, २०८३’ आयोजना हुने भएको छ ।

रोटरी क्लब अफ भक्तपुरको आयोजनामा यही कात्तिक १२ देखि १४ गतेसम्म भक्तपुर दरबार स्क्वायरस्थित विद्यार्थी निकेतन माध्यमिक विद्यालयको प्राङ्गणमा तीनदिने पुस्तक प्रदर्शनी सञ्चालन हुने भएको हो । प्रदर्शनी प्रत्येक दिन बिहान १०ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रदर्शनीमा विभिन्न विधा तथा भाषाका पुस्तकका कक्ष राखिने छन् । साथै, पुस्तक विमोचन, साहित्य वाचन, लेखकसँग अन्तरक्रिया, चित्रकला प्रतियोगिता, प्यानल छलफललगायतका कार्यक्रम आयोजना गरिनेछन् । प्रदर्शनीमा परम्परागत नेवारी परिकारका कक्षसमेत रहनेछन् ।

रोटरी क्लब अफ भक्तपुरका अध्यक्ष दशरथ प्रजापतिका अनुसार पुस्तक प्रदर्शनीको उद्देश्य पुस्तकको प्रदर्शनी र बिक्रीमा मात्र सीमित नभई विद्यार्थी तथा युवा पुस्तामा पठन संस्कृतिको विकास गर्नु र पुस्तकप्रतिको रुचि बढाउनु पनि हो ।

“प्रविधिको बढ्दो प्रयोगसँगै नयाँ पुस्ताको पठन बानीमा परिवर्तन आइरहेको छ । यस्तो अवस्थामा विद्यार्थी तथा युवालाई पुस्तकसँग जोड्नु र नियमित अध्ययनप्रति आकर्षित गर्नु आवश्यक छ । यही उद्देश्यका साथ हामीले पुस्तक प्रदर्शनी आयोजना गरेका हौँ,” अध्यक्ष प्रजापतिले भन्नुभयो ।

रोटरी इन्टरनेशनल डस्ट्रिक्ट ३२९२ का डस्ट्रिक्ट गभर्नर रोटरयिन विष्णुबहादुर कार्कीले पुस्तक प्रदर्शनीलाई लेखक, पाठक, विद्यार्थी तथा साहित्यप्रेमीबीच विचार आदानप्रदान गर्ने साझा मञ्चका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो । साथै, पुस्तक प्रदर्शनीले भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक पहिचानलाई साहित्यिक गतिविधिसँग जोड्नसमेत सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभयो ।

“भक्तपुर कला, संस्कृति र सम्पदाका लागि परिचित सहर हो । अब यसलाई अध्ययन, साहित्य र बौद्धिक संवादको केन्द्रका रूपमा पनि थप प्रवर्द्धन गर्न चाहन्छौँ । पुस्तक प्रदर्शनीले बालबालिका, विद्यार्थी, अभिभावक र साहित्यप्रेमीलाई एउटै थलोमा जोड्ने विश्वास लिएका छौँ,” अध्यक्ष प्रजापतिले भन्नुभयो ।

प्रदर्शनीमा विभिन्न विद्यालय, कलेज, पुस्तकालय, शिक्षक, विद्यार्थी तथा साहित्यकारको सहभागिता रहने आयोजकले जनाएको छ । पुस्तक प्रदर्शनीमार्फत नयाँ पुस्तालाई पठनपाठनप्रति आकर्षित गर्नुका साथै साहित्यिक तथा सांस्कृतिक गतिविधिलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

फोहरलाई स्रोतका रूपमा उपयोग गर्न प्रेरित गर्दै ‘आरयू फेस्ट’

विकेन्द्रीकरण विस्तारको तयारीमा त्रिवि

त्रिविले खुलायो M.Ed. र MSSEd विद्यार्थीलाई परीक्षा केन्द्र रोज्ने सुविधा

प्रवासीको सहयोगमा विद्यालय भवन निर्माण

विद्यालयका निम्ति जग्गा खरिद गर्न देउसीभैलोबाट जुट्यो नौ लाख

चिनियाँ दूतावासले बलान बिहुलमा शैक्षिक तथा स्वास्थ्य सामग्री सहयोग

अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान

टर्कीका शिक्षामन्त्रीसँगै मन्त्री पोखरेलको विद्यालय अवलोकन : बालमैत्री र हरित शिक्षाका अभ्यासबारे चासो

जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौँ: शिक्षामन्त्री पोखरेल

निधि भवन राजर्षी जनक विश्वविद्यालयलाई हस्तान्तरण

गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्दै विद्यार्थी

त्रिविको जग्गा फिर्ता ल्याउनेदेखि शैक्षिक वातावरण सुधार्नेसम्मका विषयमा मन्त्रालयको चासो