सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

नेपाली सेनाका उपरथी अनुपजंग थापा रथी बढुवाका लागि सिफारिस

२०८३ कार्तिक ११, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । नेपाली सेनाका उपरथी अनुपजंग थापाको नाम रथी पदमा बढुवाका लागि सिफारिस भएको छ। बलाधिकृत रथी प्रदीपजंग केसीको अध्यक्षतामा बसेको बढुवा सिफारिस बोर्डको बैठकले थापाको नाम रथी बढुवाका लागि सिफारिस गरेको हो।

बढुवा सिफारिससम्बन्धी निर्णयप्रति चित्त नबुझे उजुरी गर्न सकिने व्यवस्था गर्दै बोर्डले सात दिनको समय दिएको छ। सैनिक स्रोतका अनुसार यससम्बन्धी सूचना सोमबार प्रकाशित गरिएको हो।

उक्त सूचनामार्फत बढुवा सिफारिसमा परेका विषयमा असहमति वा गुनासो भए तोकिएको समयभित्र उजुरी दिन सकिने जानकारी गराइएको छ।

सेनाका बलाध्यक्ष रथी गणेश श्रेष्ठले अवकाश पाएपछि रिक्त हुन लागेको पदमा थापाको नाम सिफारिस गरिएको हो।

बढुवा सिफारिसको सातदिने उजुरी अवधि पूरा भएपछि प्राप्त उजुरी तथा सम्बन्धित प्रक्रियाका आधारमा थप निर्णय अघि बढ्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रहरी कर्मचारीका गुनासा सुन्न केन्द्रीय डेस्क स्थापना

नेपाली सेनाले जनताको सूचनाको हकको सम्मान गर्छः प्रवक्ता श्रेष्ठ

सहायक रथी राजेन्द्र श्रेष्ठले सम्हाले नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

सहकारी ठगी मुद्दामा नेपाली सहित सात जनालाई कैद र जरिवाना

जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता

कानुनी व्यवस्था मिलाएर पीडितलाई राहत दिन्छौँ: सभामुख अर्याल

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अन्तर्राष्ट्रिय सम्मान, १२६ जनाले पाए यूएन पदक

नेपालको ऋण मुक्तिको सङ्कल्पले महालक्ष्मी विशेष साधना

‘विपदमा संगठनको नेतृत्वदायी भूमिका राज्यको विपद् प्रतिकार्य क्षमताको महत्त्वपूर्ण आधार बनेको छ’ : नेपाली सेना

काठमाडौँ महानगरद्वारा ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा भिडियो प्रतियोगिता

‘नमस्कार, मेरा चिनियाँ डाक्टर’ वृत्तचित्र प्रदर्शनी