सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

नेपाल–भारत पर्यटन सहकार्य गर्न परिषद् स्थापना गरिने

२०८३ कार्तिक १२, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

चितवन, १२ कात्तिकः नेपाल र भारतबीच पर्यटन प्रवर्द्धन, व्यावसायिक सम्बन्ध विस्तार तथा संयुक्त रुपमा पर्यटन क्षेत्रको विकास गर्न परिषद् स्थापना गर्न लागिएको छ ।

यही कात्तिक ८ गतेदेखि १० गतेसम्म गैरआवासीय नेपाली सङ्घ अन्तररष्ट्रिय समन्वय परिषद् र समृद्ध चितवन अभियानको संयुक्त आयोजनामा भएको ‘नेपाल–भारत क्रस–बोर्डर टुरिजम कनेक्ट २०२६’ कार्यक्रमले नेपालमा भारतीय पर्यटकको आगमन बढाउने, भारतमा नेपाली पर्यटनको प्रवर्द्धन गर्ने तथा दुवै देशका पर्यटन व्यवसायीबीच दीर्घकालीन व्यावसायिक साझेदारी विकास गर्ने निर्णय गरेको छ ।

प्रस्तावित परिषद्मा दुवै देशका पर्यटन विज्ञ, ट्राभल तथा टुर अपरेटर, होटल तथा रिसोर्ट सञ्चालक, आतिथ्य क्षेत्रका विशेषज्ञ र अन्य सरोकारवालालाई समेटिनेछ । संयुक्त गन्तव्य प्रचारप्रसार, बिटुबी भेटघाट, संयुक्त पर्यटन प्याकेज निर्माण, अनुभव आदानप्रदान तथा नियमित नेटवर्किङ कार्यक्रम सञ्चालन परिषद्का मुख्य उद्देश्य रहनेछ ।

लुम्बिनी प्रदेश पर्यटन प्रवर्द्धन परिषद्का कार्यकारी निर्देशक शारदा बस्याल बेलबासे, ट्राभल ट्रेड वेलफेयर एसोसिएसन अफ इन्डियाका अध्यक्ष राजेश सिंह, इन्डो–नेपाल टुरिजम वेलफेयर सोसाइटीका प्रतिनिधि डा केपी सिंह र गैरआवासीय नेपाली सङ्घ अन्तरराष्ट्रिय समन्वय परिषद् वरिष्ठ उपाध्यक्ष रोविनप्रसाद शेरचन सहभागी हुनुहुन्थ्यो ।

भ्रमणका क्रममा रामग्राम, अमलटारी, मौलाकालिका, सौराहा, मेघौली, चितवन तथा नवलपुरका विभिन्न पर्यटन गन्तव्य, होटल र रिसोर्टको अवलोकन गरिएको थियो । सहभागीले रामग्रामको धार्मिक तथा ऐतिहासिक महत्व, अमलटारीको थारू संस्कृति, मौलाकालिकाको धार्मिक पर्यटन, सौराहाको जङ्गल सफारी तथा मेघौली र नवलपुरका प्राकृतिक सौन्दर्य र आतिथ्य सेवाबारे जानकारी लिनुभएको थियो ।

कार्यक्रममा नेपाली होटल तथा रिसोर्ट सञ्चालक र भारतीय ट्राभल तथा टुर अपरेटरबीच बिटुबी भेटघाट, पर्यटन नेटवर्किङ र व्यावसायिक अन्तरक्रिया गरियो ।

नेपालका पर्यटन गन्तव्यलाई भारतीय बजारसँग जोड्ने, संयुक्त पर्यटन प्याकेज निर्माण गर्ने, अनुभव आदानप्रदान गर्ने तथा नियमित व्यावसायिक सम्पर्क विस्तार गर्ने विषयमा छलफल भएको गैरआवासीय नेपाली सङ्घ अन्तरराष्ट्रिय समन्वय परिषद्का प्रवक्ता तथा पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष सोमनाथ सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त कार्यक्रमले नेपाललाई भारतीय पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा प्रवर्द्धन गर्न र पर्यटन व्यवसायका नयाँ अवसर सिर्जना गर्न सहयोग पु¥याउनेछ । नेपाल–भारत क्रस–बोर्डर टुरिजम कनेक्ट २०२६ निजी क्षेत्र तथा पर्यटन व्यवसायीको सहयोगमा सञ्चालन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रहरी कर्मचारीका गुनासा सुन्न केन्द्रीय डेस्क स्थापना

नेपाली सेनाले जनताको सूचनाको हकको सम्मान गर्छः प्रवक्ता श्रेष्ठ

सहायक रथी राजेन्द्र श्रेष्ठले सम्हाले नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

सहकारी ठगी मुद्दामा नेपाली सहित सात जनालाई कैद र जरिवाना

जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता

कानुनी व्यवस्था मिलाएर पीडितलाई राहत दिन्छौँ: सभामुख अर्याल

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अन्तर्राष्ट्रिय सम्मान, १२६ जनाले पाए यूएन पदक

नेपालको ऋण मुक्तिको सङ्कल्पले महालक्ष्मी विशेष साधना

‘विपदमा संगठनको नेतृत्वदायी भूमिका राज्यको विपद् प्रतिकार्य क्षमताको महत्त्वपूर्ण आधार बनेको छ’ : नेपाली सेना

काठमाडौँ महानगरद्वारा ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा भिडियो प्रतियोगिता

‘नमस्कार, मेरा चिनियाँ डाक्टर’ वृत्तचित्र प्रदर्शनी