सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

ट्राफिक सचेतनामा ‘डिजिटल प्लेटफर्म’ प्रभावकारी

२०८३ कार्तिक १३, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, १३ कात्तिकः सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियम पालनासम्बन्धी जनचेतना अभिवृद्धि गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ‘डिजिटल प्लेटफर्म’ को प्रयोगलाई तीव्रता दिएको छ ।

कम खर्चमा छोटो समयमै धेरै नागरिकसम्म सूचना तथा सन्देश पुर्याउन सकिने भएपछि कार्यालयले सामाजिक सञ्जाललगायत डिजिटल माध्यमलाई सचेतना अभियानको प्रभावकारी माध्यमका रूपमा उपयोग गर्न थालेको हो ।

परम्परागत रूपमा भौतिक उपस्थितिमा सञ्चालन गरिने सचेतनामूलक कार्यक्रमभन्दा डिजिटल माध्यमबाट प्रवाह गरिने सूचनाको पहुँच व्यापक र प्रभावकारी हुने भएकाले यसको प्रयोगलाई प्राथमिकता दिइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयले विभिन्न सामाजिक सञ्जालमार्फत ट्राफिक नियम, सडक सुरक्षा, सवारी दुर्घटना न्यूनीकरण, सुरक्षित यात्रा तथा सडक अनुशासनसम्बन्धी सचेतनामूलक सामग्री नियमित रूपमा सार्वजनिक गर्दै आएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले डिजिटल प्लेटफर्ममार्फत एकैपटक ठूलो सङ्ख्यामा नागरिकसम्म पुग्न सकिने भएकाले ट्राफिक सचेतना अभियान प्रभावकारी बन्दै गएको बताउनुभयो ।

उहाँका अनुसार डिजिटल माध्यमबाट ट्राफिक नियमको जानकारी दिन, सडक प्रयोगकर्तालाई जिम्मेवार बनाउन तथा सम्भावित दुर्घटनाबाट बच्न अपनाउनुपर्ने सावधानीबारे जानकारी गराउन सहज भएको छ । यसबाट सेवाग्राहीको प्रतिक्रिया पनि छिटो प्राप्त हुने र लक्षित समुदायसम्म सन्देश पुर्याउन सकिने उहाँको भनाइ छ ।

कार्यालयका अनुसार चालु आर्थिक वर्षको असारदेखि कात्तिक १२ गतेसम्म सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएका सचेतनामूलक सामग्रीबाट दुई करोड चार लाख १५ हजार ५७१ जनासम्म पहुँच पुगेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार असार महिनामा ६० लाख ७६ हजार ५८५ जना, साउनमा ३५ लाख ४१ हजार ११३ जना र भदौमा १३ लाख १४ हजार ८१२ जनासम्म सचेतनामूलक सामग्रीको पहुँच पुगेको थियो ।

त्यस्तै, असोज महिनामा ४५ लाख ५८ हजार ७०३ जना तथा कात्तिक १२ गतेसम्ममा एक लाख चार हजार ९३८ जनासम्म ती सामग्री पुगेका छन् ।

विशेषगरी सामाजिक सञ्जालमा सार्वजनिक गरिने श्रव्यदृश्य सामग्री, तस्बिर, सूचना तथा सन्देशले सर्वसाधारणलाई सहज रूपमा जानकारी लिन र आवश्यकताअनुसार अरूसम्म साझा गर्न सहयोग पुर्‍याएको प्रवक्ता सुवेदीले बताउनुभयो । उहाँले डिजिटल माध्यमबाट सञ्चालित अभियानले ट्राफिक प्रहरीको सचेतना कार्यक्रमको पहुँच विस्तार गर्नुका साथै सडक सुरक्षासम्बन्धी सन्देश समुदायस्तरसम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो ।

सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनसँगै नागरिकमा सचेतना अभिवृद्धि गर्नु पनि उत्तिकै आवश्यक मानिन्छ । तीव्र गति, मादक पदार्थ सेवन गरी सवारी चलाउने, ट्राफिक सङ्केत उल्लङ्घन गर्ने, जथाभावी सडक पार गर्ने तथा लापरवाहीपूर्वक सवारी चलाउनेजस्ता गतिविधि सडक दुर्घटनाका प्रमुख जोखिमका रूपमा रहेका छन् ।

यस्ता जोखिम न्यूनीकरण गर्न ट्राफिक प्रहरीले नियमित चेकजाँच तथा कारबाहीसँगै जनचेतनामूलक अभियानलाई पनि निरन्तरता दिँदै आएको जनाएको छ । डिजिटल माध्यमबाट समयमै सूचना र सन्देश प्रवाह गर्न सके सडक प्रयोगकर्ताको व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन सकिने कार्यालयको विश्वास छ ।

प्रविधिको बढ्दो प्रयोगसँगै नागरिकको ठूलो हिस्सा सामाजिक सञ्जालमा आबद्ध भइरहेका बेला ट्राफिक प्रहरीले पनि यसलाई सडक सुरक्षा अभियानको प्रभावकारी माध्यमका रूपमा उपयोग गर्न थालेको हो । डिजिटल प्लेटफर्मको प्रयोगले ट्राफिक प्रहरी र सर्वसाधारणबीच सूचना आदानप्रदान सहज बनाउनुका साथै सडक सुरक्षा अभियानलाई थप व्यापक बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रहरी कर्मचारीका गुनासा सुन्न केन्द्रीय डेस्क स्थापना

नेपाली सेनाले जनताको सूचनाको हकको सम्मान गर्छः प्रवक्ता श्रेष्ठ

सहायक रथी राजेन्द्र श्रेष्ठले सम्हाले नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

सहकारी ठगी मुद्दामा नेपाली सहित सात जनालाई कैद र जरिवाना

जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता

कानुनी व्यवस्था मिलाएर पीडितलाई राहत दिन्छौँ: सभामुख अर्याल

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अन्तर्राष्ट्रिय सम्मान, १२६ जनाले पाए यूएन पदक

नेपालको ऋण मुक्तिको सङ्कल्पले महालक्ष्मी विशेष साधना

‘विपदमा संगठनको नेतृत्वदायी भूमिका राज्यको विपद् प्रतिकार्य क्षमताको महत्त्वपूर्ण आधार बनेको छ’ : नेपाली सेना

काठमाडौँ महानगरद्वारा ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा भिडियो प्रतियोगिता

‘नमस्कार, मेरा चिनियाँ डाक्टर’ वृत्तचित्र प्रदर्शनी