सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

कोरला क्षेत्रमा पाँच सय कन्टेनर थन्किए

२०८३ कार्तिक १३, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मुस्ताङ, १३ कात्तिकः प्रतिकूल मौसमका कारण नेपाल–चीन सीमाको कोरला नाका क्षेत्रमा ५०० बढी कन्टेनर भन्सार जाँचपास तथा मालसामान ढुवानीका लागि थन्किएका छन् । ती कन्टेनर दसैँपछि बेनी–जोमसोम–कोरला सडकमार्ग हुँदै चिनियाँ मालवस्तु ढुवानी गर्न कोरला नाका क्षेत्र पुगेका हुन् । कोरला नाका क्षेत्र समुन्द्री सतहदेखि चार हजार ६१० मिटरको उचाइमा छ । यसैगरी कोरलास्थित मुस्ताङ भन्सार कार्यालय, क्वारेन्टाइन, सशस्त्र प्रहरीको बीओपी र इलाका प्रहरी कार्यालय समुन्द्री सतहको करिब चार हजार मिटर बढी उचाइ छ ।

बुधबार लोमान्थाङ गाउँपालिकाले सार्वजनिक सूचना प्रेषण गरी बिहीबारदेखि कोरला नाका तथा आसपासका क्षेत्रमा सवारी आवागमन तथा त्यस क्षेत्रमा नजान पर्यटक तथा सर्वसाधारणलाई सूचित गरिसकेको छ । लोमान्थाङले कोरला नाका तथा आसपासका क्षेत्रमा हिमपात, आँधी, हिमपहिरो लगायतको जोखिम हुने सम्भावनालाई मध्यनजर गर्दै सम्भावित जोखिम न्यूनीकरणका लागि यस प्रकारको सूचना जारी गरेको हो ।

मुस्ताङमा बिहीबार मध्यरातिदेखि निरन्तर मध्यम प्रकारको वर्षा भइरहेको छ । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिका क्षेत्रमा नियमित वर्षा भइरहेको छ भने कोरला नाका क्षेत्रमा मध्यम हिमपात भइरहेको छ । मुस्ताङमा मध्यम वर्षासँगै चिसो अत्यधिक बढिरहेको छ । उपल्लो मुस्ताङमा तापक्रम घटेर माइनस १२ डिग्री सम्म पुगेको छ ।

नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ–४ न्हेचुङस्थित सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी) का अनुसार आज बिहानदेखि उपल्लो मुस्ताङ र कोरला नाका क्षेत्रको मौसम प्रतिकूल बन्दै गएको छ । त्यहाँका बीओपी इञ्चार्ज सशस्त्र प्रहरी निरीक्षक प्रकाश धितालका अनुसार उपल्लो मुस्ताङमा बिहीबार बिहानदेखि मध्यम वर्षा भइरहेको छ । निरन्तरकोे वर्षाका कारण उपल्लो मुस्ताङमा चिसो ह्वात्तै बढेको भए पनि कोरला नाका सडकको आवागमनमा समस्या नपरेको इञ्चार्ज धितालले बताउनुभयो ।

कोरला नाका क्षेत्रको उच्च लेकमा हिमपात भइरहेको भए पनि कोरलानाकाको दशगजा क्षेत्रमा आंशिक मात्रै हिमपात भएको उहाँले बताउँनुभयो । मौसम प्रतिकूलता हुने पूर्व सूचना भएकाले बीओपी चेकपोस्टबाट कोरला नाकामा नजान पर्यटक तथा सर्वसाधारणलाई सुझाइएको भए पनि आवागमन पूर्ण रुपमा बन्द नभएको उहाँले बताउनुभयो ।

कोरला नाका र लोमान्थाङ–४ न्हेचुङ भन्सार यार्डमा ५०० भन्दा बढी कन्टेनर र दुई हजार ५०० बढी विद्युतीय सवारीसाधन भन्सार जाँचपास तथा  मालवस्तु लोड गर्न रोकिएका इञ्चार्ज धिमालले जानकारी दिनुभयो । उहाँका अनुसार कतिपय कन्टेनर कोरला नाकाबाट मालवस्तु ढुवानी गर्न चीनतर्फ प्रवेश गरिसकेका छन् ।

हाटबजार बन्द

हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमलाई मध्यनजर गर्दै आजदेखि कोरला नाकास्थित सीमापारी चीनतर्फ रहेको नेपाली हाटबजार दुई दिनका लागि बन्द गरिएको छ ।

लोमान्थाङ–४ न्हेचुङस्थित सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट बीओपीले चीनतर्फको समन्वयमा चीनको लिजी पोर्टमा रहेको नेपाली हाटबजार बन्द गराएको हो । त्यहाँका बीओपी इञ्चार्ज धिमालले मौसम प्रतिकूलतासँगै सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपालबाट चीनतर्फ गएर पसल चलाउनेलाई चीन पक्षको समन्वयमा दुई दिनका लागि आवामगन बन्द गरिएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रहरी कर्मचारीका गुनासा सुन्न केन्द्रीय डेस्क स्थापना

नेपाली सेनाले जनताको सूचनाको हकको सम्मान गर्छः प्रवक्ता श्रेष्ठ

सहायक रथी राजेन्द्र श्रेष्ठले सम्हाले नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

सहकारी ठगी मुद्दामा नेपाली सहित सात जनालाई कैद र जरिवाना

जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता

कानुनी व्यवस्था मिलाएर पीडितलाई राहत दिन्छौँ: सभामुख अर्याल

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अन्तर्राष्ट्रिय सम्मान, १२६ जनाले पाए यूएन पदक

नेपालको ऋण मुक्तिको सङ्कल्पले महालक्ष्मी विशेष साधना

‘विपदमा संगठनको नेतृत्वदायी भूमिका राज्यको विपद् प्रतिकार्य क्षमताको महत्त्वपूर्ण आधार बनेको छ’ : नेपाली सेना

काठमाडौँ महानगरद्वारा ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा भिडियो प्रतियोगिता

‘नमस्कार, मेरा चिनियाँ डाक्टर’ वृत्तचित्र प्रदर्शनी